पर्यटन

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा, १ वैशाख, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार… पुरा पढौ

नेपाली नयाँ बर्षमा पोखरामा आतिसबाजी सहित साङगितीक कार्यक्रममा रमाए पर्यटक (फोटो\भिडियो)

दीननाथ बराल,पोखरा, १ वैशाख, नेपाली नयाँ बर्ष २०८१ लाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा आतिसबाजी सहितको साङगिती कार्यक्रमले आगन्तुक पर्यटक तथा दर्शकले भरपूर्ण मनोरन्जन लिनु भएको छ । पोखरामा आयोजना भएको १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा पुगेका पर्यटक आतिसबाजि सहितको सांगितीक माहोलमा रमाएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । लाख बढी दर्शक एवं पर्यटकको माझ पोखरामा नेपाली नयाँ बर्षलाई आतिसबाजी सहित… पुरा पढौ

नयाँ वर्षका अवसरमा शुभकामना आदान प्रदान एवम् शैक्षिक सामाग्री सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिनुुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुुभयो ।नयाँ वर्षका अवसरमा होटेल लेक… पुरा पढौ

फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

पोखरा, ३० चैत पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी जर्मनका डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे ।  महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका… पुरा पढौ

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा, २९ चैत्र जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा। ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो । सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको… पुरा पढौ

आलु महोत्सवमा विज्ञ–कृषक बिच अन्तरक्रिया, माटोलाई स्वास्थ्य राख्न सके बढी उत्पादन हुने

पोखरा, २९ चैत, माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने विहिबार आलु महोत्सवमा चर्चा गरिएको छ । पोखरामा जारी १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्। कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा।श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए । साच्चै सफल रुपमा कृषि कर्म… पुरा पढौ

फेवा महोत्सव सुरु, होटलमा २० प्रतिशत छुट, झाँकी सहित र्यालीको (फोटो÷भिडियो)

नेपाली नयाँ बर्षको अवसरमा पोखरामा फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको हो । पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गरे । महोत्सवको आरम्भ गर्दै आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध… पुरा पढौ

पोखरामा भोलि देखि फेवा महोत्सव सुरु हुने

पोखरा, २८ चैत, नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर… पुरा पढौ

तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न

नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः क्लबस्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए । लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ए को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । भोलि हुने पहिलो सेमिफाइनलमा… पुरा पढौ