पर्यटन

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

पोखरा १४, चैत आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

श्री एयरलाइन्सले अमेरिकामा संचालनमा रहेका दुई जहाज नेपाल भित्रायो

पोखरा १३, चैत श्री एयरलाइन्स(कम्पनी) ले संयुक्त राज्य अमेरिकामा संचालनमा रहेका दुई वटा जहाज नेपाल भित्राएको छ । नेपालमा हवाई उडानको मागलाई मध्यनजर गरी कम्पनीले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको हो । संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू श्री एयरलायन्सले नेपालमा ल्याएको हो भने जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावर युक्त रहेको एयरलाइन्सको… पुरा पढौ

पोखरा देखि बागलुङसम्म इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सुरु

दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले पोखरा देखि बागलुङसम्मका लागि हाल उक्त सेवा सुरु गरेको समितिका अध्यक्ष उमेश केसीले पोखराक्लिकलाई बताउनु भयो । समितिले हाल परिक्षण गर्न पनि दुई वटा साइक्रो बसबाट सुरु गरेको हो । एउटा पोखराबाट छुट्छ भने अर्को बागलुङबाट बिहान एकै समयमा ६ः०० बजे बस छुट्ने भएको अध्यक्ष केसीले बताउनु भयो । उहाँले भन्नुभयो,“पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसैले गर्दा… पुरा पढौ

घान्द्रुक महोत्सवमा भलिवल, बास्केटवल, घोडचढी प्रतियोगिता हुने

दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा एक लाख पुरस्कार राषि भएको क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा उक्त प्रतियोगिता हुने भएको समितिले जनाएको छ । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती… पुरा पढौ

प्रथम ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोट्र्स नेपाललाई

दीननाथ बराल, प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० को उपाधि वाटर स्पोट्र्स नेपालले जितेको छ । पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको खेलमा वाटर स्पोट्र्स नेपालले अन्य १३ टिमलाई पछि पार्दै उपाधि सहित नगद ३ लाख हात पार्न सफल भयो । प्रतियोगितामा २ सय मिटर तर्फको ड्रागन वोट रेसमा नारा पोखराको समुहले उपाधि जित्यो । नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ः४८० सेकेण्डमा पार गर्नु भएको थियो । दोश्रो भएको वाटर स्पोट्र्स नेपालले भने १ मिनेट ४४ः८१० सेकेण्डमा उक्त… पुरा पढौ

फेवा महोत्सवलाई साथ र सहयोग रहने संघ संस्थाको प्रतिवद्धता

होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रमहरु पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र संभव भएसम्म डुंगा दौड समेत महोत्सवमा… पुरा पढौ

पोखराको लेकसाइडमा होली पर्वको रौनक (फिचर फोटो) सहित

दीननाथ बराल, विदेशी पर्यटक पनि रंगिदै रमे, नेपालको पर्यटनको राजधानि पोखरामा आइतबार स्वदेशी तथा विदेशी पर्यटकहरु रंगिदै, छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको छ । पोखराको लेकसाइड क्षेत्रमा केन्द्रित भएको होली विशेष कार्यक्रम लेकसाइडको सडक देखि विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु सामुहिक रुपमा एक आपसमा रंग लगाउदै, खुसि साटसाट गर्दै छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको हो । लेकसाइड क्षेत्रमा होली बिशेष कार्यक्रम आयोजना हुँदा उक्त कार्यक्रममा सहभागिहरुलाई व्यबस्थापन गर्न प्रहरी र आयोजकलाई हम्मेहम्मे भएको थियो । रेष्टुरेण्ट एण्ड… पुरा पढौ

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँ परिचयात्मक भ्रमण सम्पन्न

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुुभयो । कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा… पुरा पढौ

बेगनास तालमा आइतबार देखि ड्रागन बोट रेस प्रतियोगितामा हुने

दीननाथ बराल,पोखराको बेगनास तालमा भोलि(आइतबार) देखि सुरु हुने ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा ३ वटा महिलाको टिम सहित १४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनु भयो । राष्ट्रिय स्तरको उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको उहाँले बताउनु भयो । उक्त प्रतियोगिताको आइतबार बिहान १०ः०० बजे पछि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा पोखराका विभिन्न तालबाट, कर्णाली प्रदेशबाट, नेपाल… पुरा पढौ

होली पर्वको पूर्व सन्ध्यामा पोखरामा भारतको ओडिसी नृत्य प्रर्दशन

दीननाथ बराल, होली पर्वको पूर्व सन्ध्यामा पोखरामा भारतको चर्चीत तथा पूरानो ओडिसी नृत्य प्रर्दशनी गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयुक्त आयोजना गरेको कार्यक्रममा भारतको शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुतःगरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गरिएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । उक्त साँस्कृतिक कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री… पुरा पढौ