पर्यटन

व्याजदर एकल अंकमा ल्याउन पोखराका पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले व्याजदर एकल अंकमा ल्याउन माग गर्नु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज भेटेर उक्त माग सहित ६ बुंदे ज्ञापन पत्र पेश गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपँुजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने माग… पुरा पढौ

पोखरामा शनिबार भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने

पोखरा ९, चैत, पर्यटनको राजधानि पोखरामा भोलि (शनिबार) भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषदको समन्वयमा शनिबार पोखराको बाराहीघाँटमा उक्त कार्यक्रम हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भारतको ओडिसा नृत्य सहित नेपालको समेत नृत्य प्रर्दशनी हुने भएको छ । बेलुका ५ः०० जबे देखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा भएको… पुरा पढौ

पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव मनाउने तयारी

पोखरा ९, चैत पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव २०८० मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको सन्दर्भमा आइतवार होली पुर्णिमाको अवसरमा होली महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । रंगै रंगको पर्व, मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको… पुरा पढौ

सशस्त्र प्रहरीको पोखरामा फ्युल तथा चार्जिङ स्टेसन २४ सै घण्टा खुल्ला

दीननाथ बराल,पोखरालाई नेपालकै पहिलो पर्यटनको राजधानिको रुपमा घोषणासंगै पोखराका केही ठाँउमा केही व्यवसायलाई २४ घण्टा सेवा संचालन गर्न अनुमति दिएको अबस्थामा अब पोखराको एक पेट्रोल पम्प जहाँ २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको छ । पोखरा पर्साङमा रहेको शसस्त्र प्रहरी वल नेपालको कालिका पेट्रोल पम्पमा अब देखि २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको हो । गृह मन्त्रालयले २४ सै घण्टा उक्त पम्पलाई संचालन गर्न दिएको निर्देशन अनुसार २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन हुने भएको हो… पुरा पढौ

बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने

दीननाथ बराल,पोखराको बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगिता यही चैत्र ११ र १२ गते बेगनास तालमा हुने तयारी गरिएको छ भने विजेतालाई २ लाख पुरस्कारको व्यबस्था गरिएको हो । प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक… पुरा पढौ

पोखरामा दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ हुने तयारी

पोखरा, ८ चैत, रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी… पुरा पढौ

हेमजामा आलु महोत्सवको तयारी सुरु

यही चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो बैठक, छलफल एवम् भेटभाट भइरहेका छन् । त्यसका साथै हेमजाका रहेका आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ भने अर्थ सकलनका लागि विभिन्न… पुरा पढौ

फेवा महोत्सव सफल पार्न २१ उपसमिति

होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ । संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ… पुरा पढौ

दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्ति

पोखरा ५, चैत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीमा नियुक्ति हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उहाँलाई प्रदेशको महत्वपूर्र्ण मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा सम्हाल्ने गरी मन्त्री पदमा नियुक्ति गर्नुभएको हो । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी)सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको उद्घोष सहित प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो । पुनः गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलाई सामाजिक… पुरा पढौ

लेवल वानको कोर्ष सहित पोखरामा एसिया तथा दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप हुने, संयोजकमा सुवेदी

दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप हुने भएको छ । एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप आगामी वैशाख १५ र १६ गते पोखरामा हुने भएकोे नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताउनु भयो । नेपाल ट्रायथलन संघले गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा आइतबार साँझ पोखरामा आयोजना गरेको ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको सन्दर्भमा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउदै अब यसको अपनत्व पोखराले लिनुपर्नेमा जोड दिनु भयो । उक्त… पुरा पढौ