कास्कीका क्रियाशिल फोटो पत्रकारहरुको ढिकींडाडामा मनसुन फोटो वाक (फोटो तथा भिडियो)

-


     पोखरा क्लिक     
     श्रावण ५ गते २०८१ मा प्रकाशित


पोखरा ५, साउन,

नेपाल फोटो पत्रकार संघ कास्कीले एकदिने मनसुन फोटो वाक २०२४ सम्पन्न गरेको छ। पोखरा १६ को अमला बिसौनी देखि घार्मी हुदै ढिकींडाडासम्म फोटो पत्रकारले पैदल यात्रा गरी ढिकींडाडा रिसोर्टमा पुगी औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ। करिव ५ किलोमीटरको दूरी यात्रा गरेका पत्रकारले अमला बिसौनी घार्मी हुदै ढिकींडाडासम्मका रमणीय दृश्यावलोकन गरी प्रकृति परक फोटो क्यामेरामा कैद गरेका थिए। उनीहरूले घार्मी भ्यु टावरको अवलोकन गरी त्यहाँवाट पोखराको दृश्य समेत कैद गरेका थिए।

कार्यक्रम संयोजक योगेन्द्र ‌श्रेष्ठले संघले ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागी नियमित रुपमा यस्ता कार्यक्रम गरिएको बताए । पोखरा महानगर पालिका वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले उपस्थित अतिथिको फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्दै पोखराका पत्रकारले पोखरा आसपासका क्षेत्रहरूको पर्यटन प्रवर्द्धन गर्ने खालका सामाग्रीहरूलाई स्थान दिन आग्रह गरे । ढिकींडाडा रिसोर्टका संचालक प्रकास भट्टराई र प्रेम आचार्यले आफ्नो रिसोर्टले स्थानिय उत्पादनलाई प्राथमिकता दिदै अर्गानिक खाना र दृश्यावलोकनका लागि आउन आग्रह समेत गरे । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार राजबहादुर गुरुङ, फोटो पत्रकार संघ कास्कीका सल्लाहकार राम गुरूङ लगायतकाले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा संघको भुमिका महत्वपुर्ण रहेको बताए ।

संघ कास्की शाखाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सचिव धनबहादुर गुरुङले गरेका थिए। भिडियो ।



This will close in 20 seconds