सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार फेवातालमा ६५ मिटरसम्म पानीको सतह पुग्यो

-


     पोखरा क्लिक     
     असार २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २०, असार,

सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार पोखराको फेवातालमा हाल करिब ६५ मिटरसम्म पानीको सतह पुगेको छ । केही दिन देखि निरन्तर बर्षा भएसंगै तालमा पानीको सतह बढेसंगै फेवातालमा हाल सर्वोच्च अदालतले तोके बमोजिमको ताल किनार देखि करिब ६० देखि ६५ मिटरसम्म पानीको सहत पुगेको जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर मोहनराज आचार्यले बताए ।

हाल पोखराको फेवातालमा पानीको सतह ह्वात्तै बढ्दा सर्वोच्च अदालतले दिएको निर्देशन पालना गर्न सहज हुने गरी पानीको सतहले तालमा आफ्नो पुरानो आकार लिएको स्थानिय शिव देवकोटाले बताए । फेवातालको किनार क्षेत्रमा प्राकृतिक रुपमै पहिलाकै स्वरुपमा रहेको अबस्थामा सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार पानीले तालको आकार लिएको बताउदै इन्जिनीयर आचार्यले भौतिक संरचना बनेको हकमा पानीले आकार लिन नपाएको उल्लेख गरे । बर्षा घटेसंगै पानीको मात्रा घटेको खण्डमा पुनः तालले पहिलाकै आकारमा जाने उनले बताए ।

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको पानी समुद्रि सतह देखि हाल ७ सय ९४.५ मिटरको लेवलमा रहेको ई.आचार्यले उल्लेख गरे । हिउँदको समयमा फेवातालको पानीको सहत समुद्री सतह देखि ७३.७ प्रतिशतमा झर्ने गरेको छ । फेवातालको पानी समुद्री सतह देखि ७ सय ९६ मिटरसम्मको उचाईमा पुग्न सक्ने गरी फेवाबाध रहेको ई.आचार्यले पोखरा क्लिकलाई बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले खासै प्रभावकारी ढंगले काम गर्न नसकेको वेला हाल फेवातालमा हाल पानीले करिब ६५ मिटर कायम हुने गरी तालको आकार लिएको स्थानियले जनाउनु भयो बताए । पोखराको बाराहीघाट क्षेत्रको करिब ६५ मिटर भन्दा माथिसम्म पानीको सतह आएको छ भने चंखपुर क्षेत्रमा हाल सुरु भएको अस्थायी बसोबास हुने केही बस्ती क्षेत्रमा पानीको डुवान हुन थालेको स्थानिय शिव देवकोटाले बताए । पोखरा पर्यटनको राजधानि भएकोले यहाँको पर्यटकीय गन्तव्य फेवाताल बचाउनु पहिलो दाहित्व भएको उनको भनाई थियो ।

फेवातालमा पानीको सतह बढेका वेला पानीको मात्र सन्तुलन राख्न बाध खोल्ने र पानीको श्रोत कम हँुदा फेवाबाधका ढोका भने बन्द गर्ने भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका सिनियर डिभिजन प्रमुख रमेशराज शर्माले बताए । फेवातालमा अतिक्रमण र दोहोन नरोकिएकोले गर्दा तालको भुभाग बढाउने अभियान अन्र्तगत पानीको सतह बढे पश्चात तालले आफ्नो आकार आफै लिने उनले जनाए । पछिल्लो समयमा तालको किनार क्षेत्रमा भवन निर्माण देखि पर्खाल निर्माण समेत गरेकोले त्यस्तो अबस्थामा पानीले आफ्नो आकार लिन नसक्ने अबस्था रहेको छ ।

यसैबिच, फेवातालमा पानीको सतह धेरै छेउसम्म पुगेसंगै डुंगा व्यवसाय समेत प्रभावित भएको छ । तालको किनार देखि ६५ देखि ७० मिटर टाडासम्म पानी पुगेकोले हाल डुंगा सयर गर्नेहरु पर्यटकहरुको सङख्यामा गिरावट आएको फेवा डुंगा व्यवसायी संगठनका संस्थापक अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए । फेवातालमा हाल ८ वटा डुंगा घाँटमा करिब ८ सय डुंगाहरु रहेका छन ।