मदरल्याण्ड माविका १० विद्यार्थी सहित कास्कीका ९ वटा बिद्यालयबाट २१ जना बिद्यार्थीले ल्याए ४ जिपिए

-


     पोखरा क्लिक     
     असार १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १३, असार,

बिहिबार सार्बजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० मा कास्कीबाट २१ जना विद्यार्थीले मात्र ४ जिपिए ल्याउन सफल हुनु भएको छ । कास्कीका ९ वटा बिद्यालयबाट २१ जना बिद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका इकाई प्रमुख लोकनाथ आचार्यले बताउनु भयो ।

उहाँका अनुसार कास्कीका ९ वटा बिद्यालयहरु मध्य मदरल्याण्ड माविका १० जना बिद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल हुनु भएको हो भने डिज्नील्याण्ड बोर्डिङ स्कुलबाट ३ जनाले समेत ४ जिपिए ल्याउनु भएको छ । त्यसै गरी गण्डकी बोर्डिङबाट २, एसओएस हर्मन माइनर स्कुलबाट १, बालोदय बोर्डिङ स्कुलबाट १, नेश्नल इनभेन्टिभबाट १, सृजना बोर्डिङ स्कुलबाट १, शान्ति निकेतन बोर्डिङ स्कुल र सैनिक आवासिय माविबाट १ जना बिद्यार्थीहरुले ४ जिपिए ल्याउनु भएको इकाई प्रमुख आचार्यले पोखराक्लिकलाई जनाउनु भयो ।

यस बर्ष सार्वजनिक भएको एसईइमा कास्कीमा ३.६ देखि ४ जिपिए भन्दा तल ल्याउने १ हजार ५ सय ७५ जना बिद्यार्थीहरु हुनुहुन्छ । त्यसै गरी कास्कीमा ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने १ हजार ५ सय ७७ जना बिद्यार्थीहरु हुनुहुन्छ । २.८ देखि ३.२ जिपिए चन्दा तल ल्याउने २ हजार २ सय २६ जना बिद्यार्थीहरु रहेको इकाई प्रमुख आचार्यले उल्लेख गर्नु भयो । कास्कीबाट गत बर्ष २ सय १९ जनाले प्राविधिक धारबाट एसईईमा सहभागि मध्य ९८ जना एनजी बाँकी १ सय २१ जना बिद्यार्थीहरु उत्र्रिण हुनु भएको उहाँले जनाउनु भयो । साधारण धार तर्फ कस्कीबाट ७०.९१ प्रतिशत बिद्यार्थीहरु उत्र्रिण भएको कार्यालयले जनाएको छ । कास्कीबाट गत बर्ष एसईईमा ९ हजार ९ सय ८० जना बिद्यार्थीहरु सहभागि हुनु भएको थियो ।

पोखरा मासवारमा रहेको मदरल्याण्डको उक्त नतिजा सम्भवत एकै बिद्यालयबाट ४ जिपिए ल्याउने देशकै उत्कृष्ट मध्यमा पर्ने बिद्यालयका प्रिन्सिपल नारायण बरालले दाबी गर्नु भयो । गत बर्ष एसईई दिएका १ सय ४६ जना बिद्यार्थीहरु मध्य १० जना ४ जिपिए सहित १ सय २८ जना ३.६ देखि ४ जिपिएसम्म ल्याउनु भएको छ भने बाँकी १८ जनाले भने ३.२ देखि ३.६ जिपिए सम्म ल्याउनु भएको प्रिन्सिपल बरालले बताउनु भयो । सबै भन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार सहित कास्की क्षेत्रकै निकै राम्रो बिषय भएको उहाँले जनाउनु भयो ।

मदरल्याण्डबाट ४ जिपिए ल्याउने बिद्यार्थीहरुमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी रहनु भएको छ ।

बिहीबार प्रकाशित नतिजा अनुसार नेपालभरबाट १८६ जनाले ४ जिपिए ल्याउनु भएको थियो । गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याउन सफल हुनु भएको बिद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताउनु भयो ।

मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउन थालेको छ गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले नेपाल टप गर्नु भएको थियो । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उहाँहरुलाई जनही २ लाख सहित पुरस्कृत गरेको थियो ।