पर्यटन

दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बरले बृद्धि, पाँच इभेन्टमा दुई लाख छ हजार नगद सहित १८ धावक पुरस्कृत हुने

जया पौडेल,पोखरा १९, साउन, विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् । आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८… पुरा पढौ

अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराबाट गण्डकी प्रदेशको उत्कृष्टताको प्रशंसा पत्र

पोखरा, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यबस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले अन्नपुर्ण केवलकार लिमिटेडलाई प्रशंसा पत्र प्रदान गर्दै हालै सम्मान गरेको हो । गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय प्रतिष्ठान र उद्योगहरुको आर्थिक बर्ष २०८१÷८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपुर्ण केवलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम… पुरा पढौ

पोखरामा ७ महिला सहित ३३ जनालाई अन्तर्राष्ट्रिय स्तरको टुरिस्ट गाइड बनाउन तालिम

दीननाथ बराल, पोखरा, १८ साउन, पोखरा क्षेत्रमा अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्धेश्यले आज (आइतबार) देखि ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तथा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भाइरोलमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखराको वरपिपल रिसोर्टमा छ दिने टुरिस्ट गाइड प्रशिक्षण सुरु भएको हो । पोखरा क्षेत्रमा अन्तराष्ट्रिय स्तरका टुरिष्ट गाइडहरु निकै कम भएकोले उक्त कार्यक्रम आयोजना गरिएको संघ गण्डकीका अध्यक्ष विकास गुरुङले पोखराक्लिकलाई… पुरा पढौ

अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीको पहिलो भेलाले जितु गुरुङको नेतृत्वमा नयाँ समिति चयन

दीननाथ बराल,पोखरा १७, साउन, अन्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेशको पहिलो भेलाले अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आज (शनिबार) पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले पोखराका युवा पर्यटन व्यवसाय गुरुङको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो… पुरा पढौ

दोस्रो पर्वतीय दौडमा विदेशी धावकका लागि नाम दर्ता प्रक्रिया तत्काल शुरु गर्न सुझाव

पोखरा, १५ साउन, आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । तष्विर दुर्गाप्रसाद पौडेल विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन (भिडियो सहित)

पोखरा, पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन् । https://www.youtube.com/watch?v=-dBGQFuyWB4 उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी… पुरा पढौ

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडलाई ग्लेज नेचुरल स्प्रिङ वाटरको साथ

पोखरा, १३ साउन, पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ का लागि लोकप्रिय ब्रान्ड ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । आउँदो असोज ४ गते आयोजना हुने प्रतियोगितामा आवश्यक पिउने पानी उपलब्ध गराउन पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रा.लि. (उत्पादक) र पोखरा क्लिक प्रा.लि. (आयोजक) बीच सम्झौता भएको हो । मंगलबार भएको सम्झौतामा ग्लेज वाटरका निर्देशक शरदचन्द्र बराल र पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले हस्ताक्षर गरे । कम्पनीका निर्देशक बरालका अनुसार ग्लेज वाटर पोखरा–१३ को प्राकृतिक… पुरा पढौ

पोखरामा सोलो प्याराग्लाइडिङ उडानले व्यवसायी उत्साहित, ३ बर्ष पछि पोखरामा प्याराग्लाईडिङ च्याम्पियनसिप होला त !

दीननाथ बराल, पोखरा, १३, साउन, पर्यटनको राजधानि पोखरामा करिब ३३ महिना पछि साहसिक खेल प्याराग्लाईडिङको सोलो (एकल) प्याराग्लाइडिङ उडान पुनः सुरु भएसंगै व्यवसायी निकै उत्साहित हुनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएसंगै हाल पोखरामा सोलो प्याराग्लाइडिङ उडान संचालन भएसंगै व्यवसायी उत्साहित भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई बताउनु भयो । पर्यटनको हाल अफ्सिजन र बर्षाद मौसम भएकोले गर्दा दैनिक जसो ५÷७ जना अनुभवी… पुरा पढौ

पुम्दीकोटमा महाआरतीको रौनक

पोखरा, पोखरा २२, मा रहेको पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा साउन महिनाको दोश्रो सोमबार आज हर्स उल्लाहासका साथ महाआरती गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ रहनु भएको थियो । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्र्रकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निर्मलराज बरालले गर्नु भएको थियो । हरेक सोमबार पुम्दीकोटमा बोलबमका भक्तहरुको उल्लेखनिय सहागिता हरेको समितिका व्यबस्थापक रुद्र पौडेलले बताउनु भयो । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेको एक साता चीन भ्रमण सकेर स्वदेश फिर्ता

पोखरा, १२ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किनुभएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको मुख्यमन्त्री पाण्डे उपलब्धिमूलक भ्रमणपछि स्वदेश फर्कनुभएको हो। भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव वाङ झुंगजुनसँग भेट गर्नुभएको थियो। भेटमा गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी व्यापार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको थियो। यससँगै मानसरोवर… पुरा पढौ