खेलकुद

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

पोखरा, पौष १५ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा… पुरा पढौ

यसपाली पनि पोखरा महानगरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा १४, पुष पोखरा महानगरपालिकाले यसपालीको १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको उक्त प्रतियोगितामा २८ स्वर्ण, १५ रजत र २ काश्य पदक सहित पोखराले उपाधि रक्षा गरेको हो । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण ४ रजत र ८ काश्यका साथ तेश्रो भएको छ । प्रतियोगिता अन्र्तगत… पुरा पढौ

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई

पोखरा, पौष १४ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले हात पारे । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम आज बाट सुरु

असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ । पाेखरा-६ लेकसाइडस्थित वरपिपल रिसाेर्टमा दुई दिने तालिम आयाेजना गरिएकाे नेपाल खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । नवाै राष्ट्रिय खेलकुद ३९ वर्षपछि पाेखरामा संचालित हुँदै छ । तालिममा प्रदेशभरका पत्रकारकाे सहभागिता रहेकाे छ । पुरा पढौ

स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । पुरा पढौ

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो । कोभिडका कारण… पुरा पढौ

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

भारतको पहिलो जित, अफगानिस्तान पराजित

उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ

This will close in 20 seconds