कास्कीको घान्द्रुकमा खेलकुद गतिविधि

-


     पोखरा क्लिक     
     माघ १२ गते २०८० मा प्रकाशित



पोखरा ११, माघ

कास्कीको घान्द्रुक स्थित जनउत्थान दिगो विकास संगठनले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद गतिविधि आयोजना गरेको छ । गाउँमा रहेका नयाँ प्रतिभा प्रस्फुटन गर्दै खेलकुदको विकास गर्ने उद्धेश्यले संस्थाले यस बर्ष पनि विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरेको संस्थाका पूर्व अध्यक्ष दुर्गा बहादुर क्षत्रीले बताउनु भयो ।

बार्षिकोत्सवको अवसरमा हालै सम्पन्न भएको मावि स्तरिय पुरुष भलिवल प्रतियोगितामा पोखराको स्पाइरल ग्यालेक्सि मावि प्रथम भएको छ । प्रतियोगितामा राष्ट्रिय मावि पोखरा दोश्रो भएको छ । विजेताले चालीस हजार, उपविजेताले २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । तेश्रो भने पोखराको बाराही मावि भएको हो जसले दश हजार नगद पुरस्कार हात पार्न सफल भयो ।

विजयी खेलाडीहरुलाई कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर दशका अध्यक्ष गौतम गुरुङ्ख, कार्यपालिका सदस्य भुपाल घर्ती, संस्थाका अध्यक्ष मनबहादुर क्षत्री लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।