अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङलाई

-


     पोखरा क्लिक     
     माघ १२ गते २०८० मा प्रकाशित


हेमजा, १२ माघ

लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङ स्कुलले हात पारेको छ ।

स्नो भ्यु इङलिस बोडिङ स्कुल र हेमजा बोडिङ स्कुल बिच भएको फाइनल खेलमा हेमजा बोडिङले ०(२ गोलले बिजयी भएको छ । हेमजा बोडिङको तर्फबाट जर्सि न ११ का समीर कुँवर र जर्सि न ७ का बिनय नेपालीले गोल गरेका थिए ।

हेमजा बोडिङका बिशाल गुरुङ उत्कृष्ट खेलाडी धोसित भए । त्यस्तै सर्वादिक गोलकर्तामा बिनय नेपाली, उत्कृष्ट गोल रक्षक स्नो भ्युका सदिस कार्की साथै बेस्ट प्लेमेकर स्नो भ्युका प्रबेश कार्की धोशीत भएका थिए। त्यसैगरी अनुशाशीत समुहमा गौरीशंकर मा।बि रहेको छ ।

खेलकुदको माध्यमबाट विद्मार्थी युवाहरुमा एकता भाइचारा सम्बन्ध कायमं गर्दै विद्मालय बालबालिकालाई खेलकुदमा अभिरुची जगाई राख्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा हेमजामा रहेका ७ माध्यमिक बिद्यालयको सहभागीता रहेको थियो ।