पोखरा ११, माघ
मच्छिन्द्र क्लवलाई पराजित गर्दै जाउलाखेल युथ क्लव पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा विहिबार भएको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले पराजित गरी अन्तिम आठमा यात्रा बनाएको हो ।
खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले निणार्यक गोल गरे । विपक्षी टिमका एक डिफेण्डर सहित गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले उत्कृष्ट गोल गरे । जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दी सगँ सेमिफाइनल यात्राको लागि भिड्ने भएको छ । खेलमा थपलिया म्यान अफ दी म्याच घोषित भए ।
मच्छिन्द्रले पाएका केही अवसर सदुपयोग गर्न नसकदा अन्ततः आहा रारा पोखरामा उपाधि चुम्ने सपना यसपाली पनि अधुरै रह्यो । भोलि (शुक्रबार ) अन्तिम प्रिक्वार्टरफाइनल खेलमा विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लव र चर्चब्वाइज बीच हुने भएको छ ।