खेलकुद

लिग च्याम्पियन चर्च व्वाईजलाई पराजित गर्दै त्रिभुवन आर्मी आहा रारा पोखरा गोल्ड कपको फाईनलमा

दीननाथ बरालपोखरा १८, माघ शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई पराजित गर्दै बिभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को फाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज(विहिबार) भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयको सहायताबाट २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एकरएक गोल भए पछि खेल ३० मिनेटको… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा ३६ टिमको सहभागिता

पोखरा १८, माघ बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । आगामी आइतबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार… पुरा पढौ

प्रदेश स्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिता फागुनमा

पोखरा, १८ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता… पुरा पढौ

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो ः प्रमुख दाहाल

चितवन १७, माघ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पार्नुभयो । ‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उहाँले भन्नुभयो,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी… पुरा पढौ

पुन हिल कप भलिबल ः तेस्रो दिन पाँच खेल सम्पन्न

पोखरा १६, माघ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा… पुरा पढौ

बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोइरालाको निधन

पोखरा १७, माघ बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिल कोइरालाको निधन भएको छ । पोखरा–४ गणेशटोल निवासी ५१ बर्षीय कोइरालाको मंगलबार स्वास्थ्यमा समस्या आए पछि पोखराको फिस्टेल अस्पतालमा उपचारकै क्रममा आज साँझ उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनको हृदयघातका कारण आज साँझ उपचारको क्रममा निधन भएको बताइन्छ । खेल क्षेत्र, व्यवसाय सहित विभिन्न संघ संस्थामा सक्रिय रहनु भएको कोइरालाको बिहिबार बिहान अन्त्यष्टि गरिने भएको उहाँका दाजु सञ्जीव बहादुर कोइरालाले बताउनु भयो । उहाँको निवासबाट शवयात्रा सहित पोखराको रामघाटमा… पुरा पढौ

गण्डकीमा ई–स्पोर्टस संघ गठन

पोखरा १६, माघ विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल… पुरा पढौ

पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपक र नन्दा गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग

दीननाथ बरालपोखरा १७, माघ पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध हुनु भएको पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायत रहनु भएको रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको हो । बुधबार भएको २३ औं आहा रारा… पुरा पढौ

जाउलाखेललाई पन्छाउदै थ्रि स्टार क्लव आहा रारा पोखरा गोल्ड कपको फाईनलमा

दीननाथ बरालपोखरा १७, माघ, आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टार क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा आज –बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव माथी १–० कठिन जित निकाल्र्दै थ्रिस्टार क्लब फाईनलमा प्रबेश गरेको हो । थ्रि स्टारको जितमा दोश्रो रोजाईका खेलाडी (अतिरिक्त खेलाडी) दिपेश घलेले मैदान छिरेको ११ औं मिनेटमा उत्कृष्ट गोल गरी आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका… पुरा पढौ

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पराजुली र जिसी काठमाण्डौंमा पुरस्कृत

दीननाथ बरालपोखरा १७, माघ कास्कीका दुई जना खेल पत्रकार रोहितराज पराजुली र रिखिराम जिसि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज (बुधबार) काठमाण्डौंमा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको… पुरा पढौ