खेलकुद

टाइगर कप भलिबल सुरु, उद्घाटन खेल नै स्थगित, खेलकुदमा बजेट बढाउने मुख्यमन्त्री पाण्डेको आश्वाशन

पोखरा १, पुष ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो दिन तनी खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब बिजयी सुरुवात गरेको हो । पहिलो दिन केही समय ढिला सुरु भएको गण्डकी प्रदेश भलिबल… पुरा पढौ

पोखरामा सोमबार देखि टाईगर कप भलिवल सुरु हुने, उद्घाटन सहित सोमबार लिग चरणका ४ खेल हुने

दीननाथ बराल, पोखरामा भोलि (सोमबार) देखि चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल प्रतियोगिता २०८० हुने भएको छ । यही माघ ६ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । सोमबारबाट सुरु हुने उक्त प्रतियोगितामा सोमबार नै लिग चरणका ४ खेल हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उहाँका अनुसार सोमबार घरेलु टिम… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने

नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त संस्था बिच शनिबार पोखरामा प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपलाई चरक मेमोरियल हस्पिटलको साथ

२३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ । प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो फुटबल प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र,… पुरा पढौ

पोखरा १५ को दोस्रो खेलकुद महोत्सव खेल मैदान सरसफाइ

आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो । खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली गाउँपालिकालाई

पौष २८,हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी९बर्दघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिकाले जितेको छ । माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधि जितेको बौदीकालीले नगद रु तीन लाख,ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले रु दुई लाख तथा ट्रफीमा चित्त बुझायो । किबौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको… पुरा पढौ

पोखरा रंगशालामा ‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’

पोखरा, पुस २७ प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ । १० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर… पुरा पढौ

माछापुच्छ्रे कप भलिबल प्रतियोगिता दोस्रो दिन ६ खेल सम्पन्न

पौष २६, हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा बाग्लुङलाई, कालीगण्डकी गा।पा स्याङजाले भिमाद न।पा तनहुँलाई, र अन्नपुुर्ण गा।पा कास्कीले रुपा गा।पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए । शुक्रबार गल्कोट र… पुरा पढौ

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८० सुरु

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छे«–३, घाचोक मेधराज मा।विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । विहिवार भएका खेलमा रुपा गा।पा कास्कीले माछापुच्छ्रे गा।पा रातोलाई , निसिखोला गा।पा बाग्लुङले मोदी गा।पा पर्वतलाई हराएको छ । अन्नपुर्ण… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकपमा पाहुना टिम भारत र भुटानका सहित १२ टिम सहभागी हुने

दीननाथ बरालपोखरा २६, पुस आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३ औं संस्करणमा भारत र भुटानको दुई पाहुना टोली सहित १२ टिमको सहभागिता हुने भएको छ । आउँदो माघ ९ गते देखी पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा भारतको लिग च्याम्पियन फुटबल क्लब भारत र भुटानको पारो फुटबल क्लब सहभागी हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । प्रतियोगितामा गत बर्षको विजेता संकटा क्लब काठमाण्डौ, विभागीय टिम नेपाल प्रहरी फुटबल क्लब,… पुरा पढौ

This will close in 20 seconds