पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा ६ जना खेलाडी प्रि—क्वाटरफाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८० मा प्रकाशित


पोखरा २१, माघ

पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (आइतबार) भएको खेलबाट ६ जना खेलाडी प्रि—क्वाटर फाइनलमा प्रबेश गरेका छन्। अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहेका छन्। आइतारको खेलमा काठमाण्डौंका निमा शेर्पालाई काठमाण्डौंकै दिनेश भण्डारीले ४—२ को सेटमा पराजित गरे ।

अर्को खेलमा काठमाण्डौंका वाङ्गचुक तामाङ्गले वुटवलका कुनल श्रेष्ठलाई ४—३ को सेटमा पन्छाए भने हेटौडाका नितेश खण्डेलवालले पोखराका रोमन शाहीलाई ४—० को सोझो सेटमा पराजित गरेका हुन् । त्यस्तै इटहरीका आयुष गौतमले काठमाण्डौंका पेम्वा शेर्पालाई ४—० को सोझो सेटमा पराजित गरे, बिराटनगरका सरोज गौतमले काठमाण्डौंका राजन गुरुङलाई ४—३ को सेटमा पन्छाए भने आइतबारको अन्तिम खेलमा काठमाण्डौंका राजन लामाले वुटवलका विरेन शाक्यलाई ४—० को सोझो सेटमा पराजित गरी प्रि—क्वाटरफाइनलमा यात्रा बनाएका हुन् ।

पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत आइतबार तेश्रो चरणका खेलहरु भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको अध्यक्ष बि.क.ले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता पोखरामा भएको प्रालि.का संचालक प्रताप गुरुङले बताउनु भयो ।

प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।



This will close in 20 seconds