खेलकुद

पोखरा रंगशालामा निस्सिम थापाको शालिक सहित पार्क निर्माण

दीननाथ बराल,पोखरा २०, असार, पोखरा रंगशालामा प्याराग्लाईडिङ पाइलट निस्सिम थापाको शालिक सहित पार्क निर्माण गरिएको छ । पोखरा रंगशाला परिसर भित्रको ओलम्पिक टर्च नजिकै निस्सिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा खेलाडी थापाकोे शालिक स्थापना गरेको हो । राष्ट्रिय खेलकुद परिषदको समन्वयमा उक्त शालिक सहित पार्क निर्माण गरेको फाउण्डेशनका अध्यक्ष एंव स्व.निस्सिम थापाका बुबा प्रकाश थापाले बताउनु भयो । पार्क निर्माणको लागि करिब ५ लाख र शालिक निर्माणमा १५ लाख लगानी भएको उहाँलेफ्रेब्रिकबाट निर्माण भएको उक्त अर्ध कदको शालिक… पुरा पढौ

गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने

पोखरा २०, असार, यस बर्ष फ्रान्समा हुने गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएका छन्। यही सन् २०२४ जुलाई २६ तारीख देखि अगष्ट ११ तारीख सम्म फ्रान्सको राजधानी पेरिसमा ३३ औं गृष्मकालिन ओलम्पिक हुन लागेको उक्त खेलमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ । उक्त खेलकुदमा नेपालको तर्फबाट छनौट भएका खेलाडीहरुको बारेमा ओलम्पिक कमिटिले जारी गरेको प्रेस बिज्ञप्ति । Press-Release-1-olimpickDownload पुरा पढौ

सहाराका पूर्व अध्यक्षको संयोजकत्वमा सहारा विद्यालयमा सहयोग हस्तान्तरण

असार १९ पोखरा, पोखरा ९ , बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा एक लाख चार हजार रुपैया वरावरको १२ सेट डेक्स वेन्च सहित १ सेट कुर्ची टेवल हस्तान्तरण गरेका छन् ।स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले अव्यवस्थित वस्तिका दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा दाताहरुले यसरी मायाका साथ सहयोग संकलन गरि विद्यालयमा हस्तान्तरण गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरेकी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

असार १८ पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीको वर्चश्व

दीननाथ बराल,पोखरा १८, असार, गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका खेलाडीहरुको वर्चश्व रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा सोमबार बेलुका पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा कास्कीकै अधिकांश खेलाडीहरुको वर्चश्व रहेको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ४ मध्य ३ जना कास्कीका खेलाडी छनौट हुनु भएको छ भने महिला तर्फ गोर्खाकी कृष्णा थापालाई प्रारम्भिक छनौट छरणमा सिधै छनौट गरिएको छ भने अन्यलाई छनौट प्रतियोगिताबाट छनौट… पुरा पढौ

जिम्न्याष्टिक प्रतियोगितामा कास्की च्याम्पियन

तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो । पुरुष तर्फ कास्की प्रथम हुदा कान्तिपुर जिम्न्याष्टिक क्लव दोस्रो र पर्वत जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए । त्यसैगरी महिला तर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्याष्टिक क्लव दोस्रो र स्या∙जा जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए ।… पुरा पढौ

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी… पुरा पढौ

कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई टिम म्याग्दी… पुरा पढौ

गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवलाई

दीननाथ बराल, पोखरा १२, असार, त्रिभुवन आर्मी क्लवले पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितमा प्रदिप राजवंशीले ४ गोल र दिपेन्द्र अयरले १ गोलको योगदान दिनु भएको हो । पुलिसका रोमन रानाले शान्त्वना एक गोल गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेलमा आर्मीका मनोज चौधरी म्यान अफ दी… पुरा पढौ

१९ औं असारे रोपाई महोत्सवमा भलिवल सहितका खेलकुद गतिविधि हुने

दीननाथ बराल,पोखरा १२, असार, १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलोमा भलिवल सहितका विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हिलोमा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५… पुरा पढौ