खेलकुद

यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः टेबल टेनिसको सिंगल्सका खेल सुरु

पोखरा, ३१ जेठ पोखरा रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ ।रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् । यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए । टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता ः मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

पोखरा, ३० जेठ , पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रङ्गशालामा एक भब्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेल र खेलाडीका विषयमा सकरात्मक रहेको बताए । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडी बढिरहेका छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘आगामी दिनमा पनि यही अनुसार अघि बढ्ने… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता ः ब्याडमिन्टन

पोखरा, ३० जेठ, यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा दुई विधाका सेमिफाईनल खेलहरु सकिएका छन् । छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचन र कोशीकी निभा राई उपाधिका लागि भिड्ने भएका छन् । शेरचनले गण्डकीकी समृद्धी श्रेष्ठलाई २१–१२ र २१–९ अंकले पराजित गर्दा राईले गण्डकीकी दिलाशा रानालाई १२–२१,२१–१९ र २१–१७ अंकले पराजित गदै अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् । छात्र एकलतर्फ गण्डकीका सफल भुजेल र लुम्बिनीका सुविन श्रेष्ठ उपाधिका लागि भिड्ने भएका छन् । भुजेलले बागमतीका रिजन मगरलाई २१–१७ र २१–१३… पुरा पढौ

कास्कीमा नदि तथा खानीजन्य पदार्थ बन्द हुने

पोखरा , जेठ ३० ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ।बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो । सो संचालन मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने ब्यबस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजक समेत… पुरा पढौ

यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता ः टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पोखरा, ३० जेठ पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो । मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा… पुरा पढौ

आर्वाको सिद्धार्थ विद्यालयमा झोला र स्टेशनरी वितरण

पोखरा, ३० जेठ, पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलवार झोला, स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ४४ जना बालबालिकालाई झोला, स्टेशनरी तथा आयोडिन वारे सचेतना गरिएको थियो । सचेतना कार्यक्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थित रहेको थियो । साल्ट टे«डिङ कर्पोरेसन… पुरा पढौ

यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए

गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् । बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो । पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो । मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।… पुरा पढौ

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन(पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयवासी एवम् सरोकारवाला निकायको प्रतिनिधि सहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकाश, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।कोत्रे–भत्केको चौकी खण्डमा… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल सुरुगण्डकीको विजयी सुरुवात

पोखरा ३०, जेठ पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो । दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बढुवालले १५ स्कोरको योगदान दिनु भयो… पुरा पढौ

यू– १५ विद्यालय खेलकुद ः बुद्धिचाल प्रतियोगिता शुरु

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्र्तगत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र÷छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन ३ चरणका… पुरा पढौ