स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     मंसिर १० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, मंसिर,

स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई १० किलोमिटर दौड र विद्यार्थीहरुको लागि ५ किलोमिटरको बिद्यालय स्तरिय दौड प्रतियोगिता हुने भएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा २५ किलोमिटर दौडमा विजेता खेलाडीलाई ५० हजार, उपविजेतालाई ४० हजार र तेश्रो हुने खेलाडीलाई भने ३० हजार नगदको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिने भएको संस्थाका सल्लाहकार मन प्रसाद थापाले बताउनु भयो ।

त्यसै गरी १० किलोमिटर दौड महिला तर्फ विजेता धावकलाई १५, उपबिजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यसै गरी ५ किलोमिटर बिद्यालय स्तरिय दौडमा विजेतालाई १२, हजार उपविजेतालाई ८ हजार र तेश्रो हुनेलाई ४ हजार साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसै गरी २१ बर्ष मुनिका खेलाडीहरुको लागि आयोजित १० किलोेमिटर दौडमा बिजेताले १५ हजार, उपबिजेताले १० हजार र तेश्रो हुनेले ५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको सचिव जीवन थापा मगरले बताउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा कबिर ३ सय धावकहरु सहभागि हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।

खेलकुद मार्फत आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्न टेवा पुग्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्दै आएको उहाँले जनाउनु भयो । स्याङजा पुतलीबजार वडा नं ९ सात सय कोल्मा बहाकोटलाई खेलकुद मार्फत अघि बढाउन सुरु गरिएको क्रस कन्ट्रि कोभिडका कारण दुई बर्ष स्थगित भएको थियो । उक्त प्रतियोगिताले पर्यटक आगमनमा बृद्धि भएसंगै गाउँलेहरु आफ्नै सन्ततीको थाक थलोमा फर्किन थालेको अध्यक्ष गुरुङले जनाउनु भयो ।