खेलकुद

यूनाइटेड क्लबद्धारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामाग्री वितरण

१४ औं वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै

कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदीले जानकारी दिनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे… पुरा पढौ

कास्कीका एसपी थापा र पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेल साइकलमा सरर…

दीननाथ बराल,पोखरा २, वैशाख, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमिक्त प्रमुख नविन पोखरेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) मोहन कुमार थापाले सरर साइकल चढ्नु भएको छ । आइतबार पोखरामा आयोजित इलेक्ट्रिक साइकल हस्तान्तरण कार्यक्रममा पोखरेल र थापाले साइकल चलाउदै सरर साइकलको छोटो यात्रा गर्नु भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरीको लागि उपलब्ध गराएको दुई थान इलेक्ट्रिक साइकल आइबतार बोर्डको कार्यालय परिसरमै हस्तान्तरण गरिएको बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत कुन्दन मिश्रले पोखराक्लिकलाई बताउनु… पुरा पढौ

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, मोटर कसरी गर्न सकिन्छ

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ ।मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि।बि। ९बिष्णु० ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप लगानी गरी जलाशय किनारमा ुबिच रेस्टुरेन्टु, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट… पुरा पढौ

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा, १ वैशाख, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार… पुरा पढौ

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन्… पुरा पढौ

चिवहाल आर्ट ईस्टिच्युटको सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी

चिवहाल आर्ट ईस्टिच्युटको आयोजनामा ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी पोखरामा आयोजना भएको छ ।पोखरा आर्ट ग्यालरीमा ५० जना कलाकाहरुले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा छन् । चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक हेमकान्ति गुरुङ्गले चिवहाल आर्ट ईस्टिच्युटबाट विभिन्न स्थानमा आर्ट कार्यशाला गरी तयार गरिएका कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । प्रदर्शनीको उद्घाटन गर्दै कार्टुनिष्ट दुर्गा बराल बात्सायनले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउनुभयो । प्राज्ञ रमेश श्रेष्ठले चिवहाल आर्ट ईस्टिच्युटले विभिन्न ठाँउमा चित्रकला कार्यशाला तथा प्रदर्शनी… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि

घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले… पुरा पढौ

फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

पोखरा, ३० चैत पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी जर्मनका डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे ।  महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका… पुरा पढौ

१४ औँ वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले साताब्यापी कार्यक्रम गर्ने

सामाजिक काममा अग्रणी यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा… पुरा पढौ