विश्व कप क्रिकेटको भेनु पोखरा हुनलाई न्यूनतम ३ करोडको भौतिक संरचना आवश्यक, आईसीसी प्रतिनिधिको टोली सकरात्मक

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १२, मंसिर,

विश्व कप क्रिकेटको आधारभूत पुर्वाधार निर्माण भए काठमाण्डौं पछि दोश्रो रोजाईमा भने पोखरा पर्ने सम्भावना बढी रहेको छ । पोखरामा आएको आईसीसी प्रतिनिधिले टोलीले पोखरामा केही आधारभूत भौतिक संरचाना निर्माण भए पोखरामा काठमाण्डौको त्रिभुवन विश्व बिद्यालयकोे क्रिकेट मैदान पछि पोखरा उपयुक्त स्थान हुन सक्ने आशय व्यक्त गरेको हो ।
पर्यटकीय नगरी पोखरा आफैमा शुन्दर छ यहाँ क्रिकेट मैदान पनि राम्रै अबस्थामा रहेको छ तर केही भौतिक पूर्वाधार निर्माणको अभावमा भने अन्तराष्टिय देखि वल्र्ड कप खेलाउनको लागि आधारभूत भौतिक संरचनाको भने अभाव भएको आईसीसीको प्रतिनिधिले बुधबार पोखराका आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो।

राज्यले वल्र्ड कप खेल्ने आधारभूत भौतिक पूर्वाधार निर्माण गरेको खण्डमा आगमाी २ बर्ष भित्र पोखरामा पनि क्रिकेटको वल्र्ड कप हुने सम्भावना रहेको आइसिसीका रिजनल म्यानेजर रोहित पोदारले बताउनु भयो । पोखरामा नेपालको दोश्रो भेनुको रुपमा समभावना रहेको बताउदै उहाँले यसको लागि अब केही भौतिक संरचना निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।

एसिसीका डेभलप्मेन्ट म्यानेजर इमान्यूल इस्लामले केही समय अघि नै नेपालमा उक्त खेल हुने आफुहरुले मिति घोषणा गरेको अबस्थामा नेपालको भौतिक संरचनको पक्ष अझै कमजोर रहेको जनाउनु भयो । नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको शाख महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले वर्ल्डकपका लागि खेल मैदान कम्तिमा पनि आइसिसीले निर्धारण गरेको मापदण्ड पुरा हुनुपर्ने बताउनु भयो ।

क्रिकेट खेललाई विकेन्द्रित गर्न पनि काठमाण्डौं पछि आफुहरुले पोखरामा क्रिकेटको दोश्रो रोजाईको रुपमा स्थापित गर्न खोजेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताउनु भयो । पोखरामा नै वर्ल्डकप हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको उल्लेख गर्दै उहाँले एउटा क्रिकेट खेलले यस क्षेत्रको आर्थिक कृयाकलापमा ठुलो अर्थ राख्ने उहाँले जनाउनु भयो ।

सन २०२७ मा हुने भनिएको वर्ल्ड कप महिला यू १९ प्रतियोगिताको दोस्रो भेन्यूको रुपमा हेरिएको पोखरा क्रिकेट रंगशाला अवलोकन पछि आइसिसीका प्रतिनिधिहरु सकरात्मक भएको अबस्थामा अब राज्यले ३४ करोड लगानी गरेको खण्डमा उक्त प्रतियोगितका केही खेल पोखरामा हुन सक्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले दाबी गर्नु भयो । उहाँका अनुसार पेभिलेन, खेलाडी चेन्जिङ रुम, अपिसियल सहितको सचिवालयको कार्यालय भवन, मिडिया सेन्टर(कक्ष) सौचालय लगायतका भौतिक संरचना निर्माण गर्न आवश्यक भएको छ । आफ्नो सम्पूर्ण ध्यान २०२७ विश्वकपका लागि रहेको जनाउँदै पूर्वाधार निर्माणका लागि सबै संग अध्यक्ष सिग्देलले आग्रह गर्नु भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदान अत्याधुनिक सेवा सुविधा सहितको अन्तराष्ट्रिय स्ट्याण्डरको बनाउनको लागि १ अर्ब ७७ करोडको डिपिआर समेत बनाइएको क्यान कास्कीले जनाएको छ । आईसीसीको टोलीले पोखराको क्रिकेट मैदान सहित यहाँका होटलहरुको समेत प्रारम्भिक रुपमा अवलोकन गरेको छ । सन २०२७ मा नेपाल सहित बंगलादेशले महिला तर्फको यू—१९ क्रिकेटको वल्र्ड कप आयोजना गर्ने जिम्मा पाएका छन्।