दीननाथ बराल,
पोखरा २४, कार्तिक,
पर्यटकीय नगरी पोखरामा शनिबार सम्पन्न भएको तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा एकल तर्फ चाइनिज धावकहरुले उपाधि जित्न सफल हुँदा समुह तर्फ भने नेपालका धावकले वर्चश्व कायम गर्न सफल भए । पोखराको बाराहीघाट खेल मैदानबाट सुरु भएको ५० किलोमिटर दौडमा एकल तर्फ चाइनाका पुरुष तर्फका खेलाडी एङ ज्याङ जेन र महिला तर्फ झेङ वाङ रोङले उपाधि जित्दा समुह तर्फ (मिश्रित) ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ (बोटिङ) तर्फ नेपाली सेनाको समुहले उपाधि जित्न सफल हुनु भएको हो ।
४ चाइनिज समुह सहित २४ समुह बिच भएको प्रतिष्प्रर्धामा टिम समुह तर्फ नेपाली सेनाका श्रीकास राई, शुसिल कुमार शाही र सृजना पाण्डेको समुहले ५० किलोमिटरको निर्धारित दुरी ४ घण्टा २० मिनेट १४ सेकेण्टमा दुरी पार गरी उपाधि जित्न सफल हुनु भएको हो।
करण रावल, नरेन्द्रसिंह राउत र निर्मला सिंहको टोलीले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गरी उपविजेता हुनु भयो । विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लवका पुष्पा भण्डारी, लक्ष्मण मल्ल र निरज भट्ट क्षत्री तेश्रो भए । उनीहरुले ४ घण्टा २३ मिनेट ८ सेकेण्डमा दुरी पार गरेका हुन् । त्यसै गरी नेपालकै बिशाल राई, रमेश लिम्बु र इन्द्रकला नेम्बाङको समुह चौथो हुदा खड्क बहादुर खड्का, राजन रोका र पूर्ण लक्ष्मि न्यौपानेको समुह चौथो भए ।
प्रतियोगितामा टिम समूह तर्फ प्रथम हुनेले ४ लाख ५८ हजार ४ सय रुपैंया प्राप्त गर्यो । त्यसै गरी उपविजेतालाई ३ लाख ४३ हजार ८ सय रुपैँया, तेश्रो हुनेलाई २ लाख २९ हजार २ सय रुपैँया, चौथो हुने लाई १ लाख ५२ हजार ८ सय, पाँचौँ हुनेलाई ९५ हजार ५ सय रुपैँया नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्र्तगत च्यालेन्ज इन्डिभिजुअल (एकल) तर्फ चाईनाका एङ ज्याङजेनले उपाधि जिते । उनले निर्धारित दुरी ५० किलोमिटर दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरे । नेपाली सेनाका कुल बहादुर बस्नेत दोश्रो र नेपालकी सेनाकै होमलाल श्रेष्ठ तेश्रो भए । बस्नेतले ३ घण्टा ४८ मिनेट २ सेकेण्डमा दुरी पार गर्दा श्रेष्ठले भने ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा उक्त दुरी पार गरे । नेपाली सेनाका गोपाल तामाङले ३ घण्टा ५५ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गरी चौथो स्थानमा स्थानमा रहे ।
त्यसै गरी च्यालेन्ज इन्डिभिजुअल महिला तर्फ भने चिनिया खेलाडी झेङ वाङ रोङ प्रथम भइन । उनले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दुरी पार गरिन् । नेपालकी कल्पना बुढाले निर्धारित दुरी ४ घण्टा ५० मिनेटमा पार गरी दोश्रो हुदा नेपालकै राममाया बुढाले ५ घण्टा ८ मिनेट १८ सेकेण्डमा दुरी पार गरी तेश्रो भइन् । लाक्पा निङमा शेर्पाले ५ घण्टा २५ मिनेट २५ सेकेण्डमा दुरी पार गरी चौथो तथा मिनु बुढाले ५ घण्टा ३० मिनेट ३९ सेकेण्डमा दुरी पार गरी पाचौं स्थान हासिल गर्न सफल भइन् ।
च्यालेन्ज इन्डिभिजुअल समूह शीर्ष दश पुरुष र महिला खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख ५२ हजार ८ सय रुपैँया, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख १४ हजार ६ सय रुपैँया, तेस्रो हुनेले पुुरुष र महिलालाई ७६ हजार ४ सय, चौथो देखि सातौ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरुलाई ३८,२०० रुपैँया ,आठौँ देखि दशौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई १९,१०० रुपैँया प्रदान गरियो ।
५ किलोमिटर छात्र तर्फ कास्की मोडनाइजका बादल कार्की प्रथम भइन् । कालिका माविका कृष्ण परियार दोश्रो र डोल्पाको त्रिपुरा माविका रमेश बुढा तेश्रो भइन् । जुम्लाका चन्दननाथ माविका युवकराज बुढा चौथो र कास्कीको त्रिवेणी पव्लिक स्कुलका अमृत बि.क. पाचौं भए । छोरोपाटन माविका तेन्जोन रोका मगर छैटौं भए । छात्रा तर्फको ५ किलोमिटर दौडमा छोरेपाटन माविका नारायणी भण्डारी प्रथम भइन् । कालिका माविकी स्विकृती कार्की दोश्रो, धनकुटाकी जुही राई तेश्रो, विनिता राई चौथो र अम्मरसिंह माविकी रक्षा फगामी पाचौं र गौरी शंकरकी कविता मगर छेटौं भइन् । यस अघि उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाल स्थित चिनिया राजदुत छन सोङ, चिनका युनाना प्रान्तका खेल व्यूरो तथा महानिर्देशक याङ जोङहुवा, गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्याल, पोखराका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, लगायतले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।
टिम समूहमा २४ वटा मिश्रित टिम (कम्तीमा एक विपरीत लिङ्गको सदस्य) मा ७२ धावकहरु सहभागि भएका थिए । दौडका क्रममा खेलाडीहरूले कुल २२५८ मिटर उचाइ पार गर्नु भयो । त्यसै गरी च्यालेन्ज इन्डिभिजुअल समूह तर्फको प्रतिष्प्रर्धामा १ सय ५२ खेलाडीहरूले ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पार गर्नु भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले जनाए ।
बिद्यार्थी दौडमा शीर्ष ६ छात्र र छात्रा विद्धयार्थी खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई ३० हजार, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २५ हजार, तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २० हजार, चौथो देखि छैठौं स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले १० हजार प्राप्त गरे । ह्याप्पी रन समूह यस दौड प्रतियोगितालाई पुरा गर्ने सबै जना सहभागी खेलाडीहरुले प्रमाणपत्र प्राप्त प्रदान गरियो ।
पुरस्कार वितरण आज साँझ पोखराको होटल पौवामा भएको हो । त्यस्तै ह्याप्पी रन समूह यस प्रतियोगितामा ५७९ जना खेलाडीहरुले सहभागि भए । नेपाली नागरिकहरुका लागि, सबै दौड प्रतियोगिताहरुमा, दर्ता निःशुल्क राखिएको उक्त प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले बताए । पोखरा क्षेत्रको खेल पर्यटन प्रबद्र्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले बताए । प्रतियोगिताको पुरस्कार मात्र २४ खर्च खर्च भएको थियो भने प्रतियोगिता सम्पन्न गर्न एक करोड खर्च हुने आयोजक हिमालयन टुरिजम फोरम–पोखराले जनाएको छ ।
युनान माउण्टेनियरीङ र आउटडोर स्पोर्ट्स एसोसियसन, कुनमिङ माउण्टेनियरीङ र एडभेञ्चर एसोसियसनको समन्वयमा पोखरा उद्योग बाणिज्य संघ, होटल संघ पोखरा, नेपाली युवा उद्यमी मञ्च, लायन्स कल्ब अफ पोखरा सेन्टिनियल, पोखरा पर्यटन परिषद, नेपाल चाइना जन मैत्री संघ, नेपाल पोखरा ओभरसीज चाइनीज संघ, भुतपुर्व खेलाडी मन्च लगायतका संस्थाको सहयोगमा उक्त प्रतियोगिता भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउनुले यस क्षेत्रको खेल पर्यटन प्रबद्र्धन भएको उनले जनाए । नेपाल सरकारले सन् २०२५ लाई नेपाल–चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको उल्लेख गर्दै मन्त्री पाण्डेले आउदो वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरू समेत चीनका विभिन्न ठाउँमा घुम्न जाने जनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भई रहेको मन्त्री पाण्डेले बताए ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै विभिन्न कार्यक्रम गर्ने योजना रहेको जनाए । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने बताए । नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपालका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको उनको भनाई थियो । नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि आवश्यक भएको राजदुत सोङले जनाए ।
पोखराका मेयर धनराज आचार्यले नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा यस्ता इभेण्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्यसचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पु¥याउने दाबी गरिन् । उक्त अवसरमा राखपेलाई चिन सरकारले ७२ लाख बराबरको खेल सामाग्रि हस्तान्तरण समेत गरेको थियो ।
पोखराको बाराहीघाट देखि सुरु भएको दौड पोखराको छोरेपाटन, पुर्सेखोला, मट्टिखान, फेदीखोला, कुभिन्डे, काभ्रे,कालावाङ, लुकुन्स्वारा, शान्ति स्तुप, रानिवन हुदै बाराहीघाटसम्मको यात्रा तय गरिएको थियो । उक्त रुटमा पोखरा देखि स्याङजाको विभिन्न ठाँउमा आमा समुह, क्लव तथा स्थानियले भव्य स्वागत गर्नु भएको मिडिया संयोजक ई.प्रतिक पहारीले जनाए ।