खेलकुद

कास्कीद्वरा प्रदेश स्तरीय हक्की प्रतियोगिताको उपाधी रक्षा

पोखरा, ८ असार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिन सम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो । गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम… पुरा पढौ

शहिद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख

दीननाथ बराल,पोखरा ७, असार, गोर्खाको शहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को लागि ६० करोड ७ लाख ४४ हजारको बजेट प्रस्तुतः गरेको छ । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले शुक्रबार गाउँसभाको १५ औं बैठकमा आउदो बर्षको लागि उक्त बजेट प्रस्तुतः गर्नु भएको हो । उक्त बजेट चालु आर्थिक बर्ष भन्दा ६.२ प्रतिशत कम विनियोजन भएको उहाँले जनाउनु भयो । चालु तर्फ ७५.८६ र पूँजीगत तर्फ २४.१३ प्रतिशत रकम विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । २.६ प्रतिशत रकम आर्थिक… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय आर्चरी पहिलो दिन कास्कीको बर्चश्व

गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्‍याकिङ राउण्डमा कास्कीले बर्चश्व कायम गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थान बनाउँदा एक अंकले पछि रहेका कास्कीका सुमन गुरुङ ६०३ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा रहेका… पुरा पढौ

पोखरामा स्केटबोर्ड प्रतियोगिता

पोखरा, ७ असार नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम,… पुरा पढौ

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

असार, ७ हेमजा हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रवार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेत बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा न।१२ ले उप–विजेतामा नै चित्त बुझायो । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय… पुरा पढौ

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९।३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने भएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट ः नवलपुरको लगातार दोस्रो जित

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को बुधबार स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखा विरुद्ध १२५ रनले जित निकालेको छ । नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा… पुरा पढौ

हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५… पुरा पढौ