उत्कृष्ट पुनरागमन गर्दै नेपाली राष्ट्रिय महिला फुटवल टोलीले नेपालीको मन जित्यो

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८१ मा प्रकाशित



पोखरा १२, कार्तिक

उत्कृष्ट पुनरागमन गर्दै नेपाली राष्ट्रिय महिला फुटवल टोलीले पुनः एक पटक नेपालीको मन जित्न सफल भएको छ । एक गोलको पछि परेको नेपालले निर्धारित समयमा एक गोल गरी खेल बराबरीमा पुर्याउदै टाईब«ेकरमा भारत जस्तो शक्तिशाली देशलाई ४–२ ले पराजित गर्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १÷१ गोल गरेपछि खेलको टाईब्रेकरमा धकेलिएको हो । पेनाल्टीमा भारतका लागि मनिषा र पुरुषोत्तम श्रीभाइकरले गोल गर्दा आशातलादेवी र चानु सोरोखाइबम भने चुके । आशालतादेवीको प्रहार पोलमा लागेर फर्किए सारोखाइबमको प्रहार वैकल्पिक गोलकिपर अन्जना रानामगरले उत्कृष्ट बचाउ गरिन् ।

नेपालका लागि सावित्रा भण्डारी, गिता राना, सवीता रानमगर र अमिशा कार्कीले गोल गरे । निर्धारित समयमा नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि संगीता बाँसफोरेले गोल गरे । नेपालले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध ७–१ को फराकिलो जित निकालेको थियो ।

रेखा पौडेलले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । रेखा पौडेलले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिए पछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । त्यसपछि तनावपूर्णस्थिती सृजना भएपछि खेल करिब १५ मिनेट स्थगित भएको थियो ।



This will close in 20 seconds