पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     मंसिर ४ गते २०८१ मा प्रकाशित


पोखरा ४, मंसिर,

मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।
चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए ।

भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा सहभागीताको लागी टीम दर्ता शुल्क ५ हजार ५ सय रहेको र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म टीम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिता रानीपौवा स्पोर्टस सेन्टरमा हुने छ ।