समाज

गण्डकी प्रदेशमा सरकारी निकायबाट एक बर्षमा २२ लाख ६४ हजार कण्डम वितरण, शुक्रबार कण्डम दिवस पोखरामा पनि मनाइदै (भिडियो सहित)

पोखरा, २९ माघ, अन्तर्राष्ट्रिय कण्डम दिवसको पुर्व अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग विहिबार अन्तरक्रिया गरेको छ । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । https://www.youtube.com/watch?v=InG2I1MET48 अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए ।… पुरा पढौ

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा

पोखरा , नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जस अन्तर्गत क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरी प्रसाद पहारी निर्वाचित भए । त्यसैगरी सदस्यमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र साहसिक पर्यटन… पुरा पढौ

मलाई उत्तम पौडेल चाहिएको छ ःरवि लामिछाने

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विगत ३४ वर्षदेखि देशको ढुकुटी सक्नेहरूलाई जनताले नबिर्सने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले सुशासन लागू गरी कुसासनविरुद्ध संघर्ष गर्ने अभियानमा साथ दिन पोखरेलीसँग अपिल गर्नुभयो। “यहाँ सयौंलाई अन्यायमा पारिएको छ, ३४ वर्षसम्म देशको ढुकुटी सक्नेलाई हामी बिर्सँदैनौं,” उहाँले भन्नुभयो, “हामी सुशासनका लागि सहयात्रा गर्न चाहन्छौं, कुसासनविरुद्ध हाम्रो यात्रा जारी छ।” कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेललाई संसद्‌मा पठाउन आग्रह… पुरा पढौ

चुनावी रणनीति परिवर्तन गरी आइटीमा केन्द्रित हुन निर्देशन, मुख्य ४ दलबीच प्रतिस्पर्धा हुने संयोजक प्रचण्डको दाबी (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ माघ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी रणनीति परिवर्तन गरी सूचना प्रविधिमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। आज (बुधबार) पोखरामा आयोजित नेकपा कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अबको निर्वाचनमा परम्परागत शैली ठुलो भिडभाड सभा सम्मेलन भन्दा डिजिटल पहुँच र घरदैलो अभियान प्रभावकारी हुने बताउनु भएको हो । https://www.youtube.com/watch?v=Cg5hEtoE7Ds “ठूला सभा गरेर, लाखौं खर्च गरेर भोट धेरै पाउने समय सकिएको छ,” संयोजक प्रचण्डले भन्नुभयो, “अब तपाईँहरू घरघर, टोलटोलमा पुगेर पार्टीको… पुरा पढौ

जावलाखेल आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश, विहिबार दिउसो ४ बजे एपिएफ बिरुद्ध मनाङ भिड्ने

दीननाथ बराल, पोखरा २८, माघ, जावलाखेल युथ क्लब खेलकुदको शहर पोखरामा जारी २५ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा यात्रा पक्का गरेको हो । जावलाखेलको जितमा खेलको ५४ औं मिनेटमा निकोलस ओडेन ह्यामिन्टन र खेलको ६६ औं मिनेटमा बुबाकार सिसोखोले गोल गर्नु भएको हो । पहिलो हापमा दुबै तर्फ गोल हुन सकेन भने मच्छिन्द्र… पुरा पढौ

शनिबारदेखि पोखराको फोहोर उठाउने मेयर आचार्यको उद्घोष

दीननाथ बराल,पोखरा, २८ माघ, एक महिनादेखि थुप्रिँदै आएको पोखराको फोहोर अब शनिबार (फागुन २ गते) देखि नियमित रूपमा उठाइने भएको छ। पोखरा महानगरपालिकाले आज (बुधबार) पोखरा सभागृहमा आयोजना गरेको सर्वदलीय–सर्वपक्षीय बैठक पछि पोखराका मेयर धनराज आचार्यले शनिबारदेखि बजार क्षेत्रसहित सम्पूर्ण वडामा फोहोर संकलनलाई नियमित बनाइने उद्घोष गर्नुभएको हो। लामेआहाल ल्याण्डफिल साइड भरिएपछि वैकल्पिक स्थानको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै मेयर आचार्यले तपाईँहरूले देख्नुभएको जटिल अवस्थालाई समाधान गर्न महानगर अल्पकालीन र दीर्घकालीन दुवै योजना अघि बढाइरहेको बताउनुभयो। “दर्जनौँ स्थानको… पुरा पढौ

पोखरामा वसन्त महोत्सव विशेष सांस्कृतिक कार्यक्रम, नेपाल–चीन मित्रता सुदृढ गर्ने प्रतिबद्धता

पोखरा, मित्रराष्ट्र चीनको नयाँ वर्षका अवसरमा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन राजधानी पोखरामा ‘वसन्त महोत्सव’ विशेष सांस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममा चिनियाँ कलाकारहरूले गीत, संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नु भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वसन्त पर्व संस्कृति र परम्पराको उत्सव मात्र नभई नेपाल र चीनबीचको मित्रता तथा आपसी सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले यस पर्वले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्व, सहयोग र विश्वासको लामो इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो।मेयर आचार्यले… पुरा पढौ

अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा, २८ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो । राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उहाँले… पुरा पढौ

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा,२८ माघ, कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य,… पुरा पढौ

कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

दीननाथ बराल,पोखरा २७, माघ उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो। https://www.youtube.com/watch?v=B05Cp52jAtI गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा… पुरा पढौ