समाज

कम्युनिष्ट एकताले मात्रै भ्रष्टाचार र बिचौलियाको अन्त्य सम्भव ः पोखरा–२२ को सन्देशसभा, २० जना पार्टी प्रवेश

पोखरा, १० पुस, “भ्रष्टचारी र बिचौलियालाई हराउन अब कम्युनिष्टहरू एक थलोमा आएका हौं,” भन्ने मूल सन्देश सहित नेपाली कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका–२२ द्वारा विहीबार पोखरा भ्यु–पोइन्टमा आयोजित सन्देशसभा सम्पन्न भएको छ । साविक समाजबादी पोखरा २२ का अध्यक्ष जगन्नाथ वास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न तहका नेताहरूले कम्युनिष्ट एकता, भ्रष्टाचार उन्मूलन र सामाजिक रूपान्तरण गर्नुपर्नमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं अग्रज नेता तुलबहादुर गुरुङले समाजमा बढ्दै गएको नकारात्मकता, ढिलासुस्ती र पैसाको आधारमा काम हुने प्रवृत्तिले जनतालाई… पुरा पढौ

शुभम बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न, तरलता वृद्धि तथा गैरबैंकिङ सम्पत्ति र ऋण असुली चुनौती

पोखरा, १० पुस, पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभामा सहकारीमा घट्दो विश्वास, गैरबैंकिङ सम्पत्ति बढ्दो जोखिम, ऋण असुलीको चुनौती र सेयर सदस्य घटेको अवस्था प्रमुख एजेन्डाका रूपमा प्रस्तुत भएको थियो । कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय, गण्डकी प्रदेशका उप–न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने प्रमुख अतिथि रहेको थियो भने पूर्व अध्यक्ष, सल्लाहकार, संस्थापक, सहकारी अभियन्ता, सहकारीकर्मी तथा शेयर सदस्यको सहभागीता रहेको थियो। कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा… पुरा पढौ

पोखरा–२१ कृष्तीमा सुन्तला महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल, पोखरा १० , पुस, पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Cme-lIBHSuQ महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको… पुरा पढौ

कास्की–३ मा प्रचण्डको नाम सर्वसम्मत सिफारिस, विकल्पमा १५ जना

दीननाथ बराल,पोखरा, १० पुस, नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर ३ को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा पहिलो नम्बरमा सिफारिस गरेको छ । संघिय निर्वाचन समिति संयोजक भिम बहादुर बि.क. (क्षितिज) को अध्यक्षतामा आज(विहिबार) पोखरामा बसेको बैठकले प्रतिनिधि सभाको लागि कास्की ३ बाट पहिलो प्रथामिकतामा प्रचण्डलाई नै सर्वसम्वत रुपमा अघि सारेको हो । कास्की क्षेत्र नम्बर ३ दाहालको जन्मथलो भएकोले यसपटक यहाँबाट चुनाव लड्नुपर्ने माग सबै… पुरा पढौ

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुुुुस पुसको जाडोेको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव… पुरा पढौ

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पोखरा १० पुष, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

दीननाथ बराल,पोखरा १०, पुस, पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ । महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने… पुरा पढौ

२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ९, पुस कास्की जिल्ला टेनिस संघको आयोजनामा खेलकुदको शहर पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १५ गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी मुलुक भारत, भुटान सहित नेपालका चर्चीत १ सय ६० जना खेलाडीहरु सहभागि हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बैदामलाई फेवाताल संरक्षण पहलले करिब एक लाख बराबरको सहयोग

पोखरा, ९ पुस, जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार एक समारोहका बिच हस्तान्तरण गरेको छ । समुदायमा हुँदै आएका बिकृत, विसंगती नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र भौतिक सामाग्रि जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्टभएपछि बैदामका आमा समूहहरु र विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोग… पुरा पढौ

दर्शक सहभागितामा लेखनाथ महोत्सव लक्ष्य नजिक

लेखनाथ, ९ पुस, करिब ९ करोड कारोवार सहित २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य सहित पोखरामा जारी लेखनाथ महोत्सव हाल एक सातामै लक्ष्य नजिक पुगेको छ । अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । पुस १४ गतेसम्म चल्ने… पुरा पढौ