समाज

आइटिएफ जे३० वर्ल्ड टेनिस टुरमा नेपाली सिभालीलाई दोहोरो उपाधि सहित इतिहास रच्न सफल

पोखरा, २७ मंसिर, नेपाली खेलाडी सिभाली गुरूङले टेनिस खेलमा इतिहास रच्न सफल भएकी छन् । पोखरामा शनिबार सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि जित्दै आफ्नो उमेर समुहमा इतिहास रच्न सफल भएकी हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५… पुरा पढौ

एनपीएल फाइनल आज ः सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्दै

काठमाडौं २७, मंसिर, काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गर्‍यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो। दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा… पुरा पढौ

पोखरामा शुक्रबार मौरी तथा मह मेलामा मह किन्नेको भिड (भिडियो सहित), पोखरामा धेरै मौरी पालन गर्ने किसान पाचागाईलाई नगद १० हजार सहित सम्मान

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरामा धेरै मौरी पालन गर्ने कृर्षक सम्मानबाट यस बर्ष पोखरा ३३ का गोविन्द चापागाई नगद सहित सम्मान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा शुक्रबार आयोजना भएको मौरी तथा मह मेला–२०८२ को अवसरमा आयोजना भएको उक्त अवसरमा एग्रो फर्मका संचालक चापागाईलाई नगद सहित सम्मान गरिएको हो । https://www.youtube.com/watch?v=jXdkfP-Tn58 पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले २ सय घार मौरी पालन गर्नु भएका… पुरा पढौ

१४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

पोखरा, १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा… पुरा पढौ

दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा तथा खेलकुद प्रतियोगिता सकियो

पोखरा, नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ सकिएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो। अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए भने… पुरा पढौ

पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

पोखरा २६ म‌ंसिर, पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए । यसवर्षको प्रतियोगितामा निजी तथा… पुरा पढौ

शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा, मङ्सिर २६, गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ।।।’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए । गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा… पुरा पढौ

निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित

पोखरा, २६ मंसिर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्नेनिट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे ।उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहितसम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला… पुरा पढौ

आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सिंगल्सतर्फको फाइनलमा शिभाली, डबल्सतर्फ उपाधि हातमा

पोखरा, मंसिर २६, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् । साथै उनले शुक्रबार भएको गल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी छन् । जारी प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका)… पुरा पढौ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ, २६ मंसिर , लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको… पुरा पढौ