समाज

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ, २८ मंसिर, लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी सहितको संघको टोलीले आईतबार मुख्यमन्त्री पाण्डेलाई भेटी गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरेको हो। पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले यसअघि नै गरिसकेको सङ्घको बुझाइ छ। सङ्घले औद्योगिक क्षेत्र निर्माणका… पुरा पढौ

जनप्रकाश मावि हिमालय क्रिकेट एकेडेमी कपको सेमिफाइनलमा प्रवेश

पोखरा, जनप्रकाश मावि पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा लेभिनलाई ८ विकेटले पराजित गर्दै जनप्रकाश प्रतियोगिताको सेमि फाइनलमा प्रवश गरेको हो । आइतबार सम्पन्न हिमालयन बोर्डिङ स्कुल र रत्नज्योति सेकेण्डरी स्कुल बिचको पहिलो खेलमा रत्नज्योतिले टस जितेर फिल्डिङ लिदै हिमालयन सेकेण्डरी बोर्डिङ स्कुलले १८.३ ओभरमा १० विकेटको नोक्सानीमा १०६ रन बनाउन सफल भयो । जसमा शिवम श्रेष्ठले २२ बल खेल्दै १२ रन,… पुरा पढौ

स्पेनमा ११औँ निन्टाइन कप क्योकुशिन कान कराँतेमा असोक लामा रुम्बा पुनः प्रमुख रेफ्री

दीननाथ बराल,पोखरा, २८ मंसिर, युरोपेली मुलुक स्पेनमा सम्पन्न ११औँ निन्टाइन कप क्योकुशिन कान कराँते प्रतियोगिता २०२५ मा नेपाली क्योकुशिन कान कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक एवं रेफ्री असोक लामा रुम्बाले पुनः प्रमुख रेफ्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ । डिसेम्बर १२ र १३ ९मंसिर २६ र २७० मा आयोजित उक्त प्रतियोगितामा स्पेन, जापान, कोरिया लगायत १८ देशका खेलाडीहरूको सहभागिता रहेको थियो । यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीलाई प्रमुख रेफ्रीको जिम्मेवारी दिइनु नेपाली खेलकुदका लागि गौरवको विषय भएको… पुरा पढौ

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २८, मंसिर, अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुलका कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी… पुरा पढौ

१४ औं पोखरा महोत्सवको मुख्य प्रायोजक बेटर

पोखरा, विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा समेत मुख्य प्रायोजकलाई निरन्तरता दिएको हो । महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना गर्दै छ । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सम्पन्न, सगरमाथा यसबर्ष पनि उत्कृष्ट

पोखरा, पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ । एक दिन विद्यालय र दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा दुवै पक्षबाट गोल… पुरा पढौ

युआरएलको १२औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २८ मंसिर, गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरास्थित युआरएल हस्पिटल चोकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा २ सय ५ जनाले ल्याब परीक्षण सेवा लिएका छन् भने ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् । युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेका अनुसार शिविरमा सहभागीको थाइराइड तथा मधुमेह (सुगर) सम्बन्धी जाँच निःशुल्क गरिएको थियो । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले १२औँ वार्षिकोत्सवको अवसरमा मंसिर १५… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

पोखरा, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए । कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा। विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी… पुरा पढौ

मदरल्याण्ड साहित्य महोत्सव पुस्तक किन पढ्ने ?

पोखरा, मंसिर २८, विद्यार्थीमा पठन तथा लेखन शैलीमा क्षमता अभिवृद्धि गर्नका लागि पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आइबारदेखि दुईदिने साहित्य महोत्सव सुरु भएको छ । दुईदिनको महोत्सवमा पठन तथा देखन शैलीसँगै साहित्यिक बहस संचालन गरिने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार विद्यार्थीमा पाठ्यपुस्तकसँगै अरु विधाका पुस्तक पढ्न प्रेरित गर्ने तथा रचनात्मक र सिर्जनात्मक लेखनशैलीको विकास गर्न साहित्य महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार पहिलो दिन आइतबार आन्तरिक रुपमा विद्यार्थीहरुले पठन तथा लेखनशैलीबारे छलफल गरेका थिए ।… पुरा पढौ

बिराटनगर र इटहरीबाट पूर्वेलीलाई पोखरेलीको निम्तो ः घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

मंसिर २८ बिराटनगर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम… पुरा पढौ