समाज

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान

पोखरा, पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा ९(सइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको महानगरले जनाएको छ । यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । कक्षा… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट

पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एशोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एशोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् । एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच यसबारे सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यहरूलाई स्वास्थ्य सेवाहरूमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । अब एशोसियसनका सदस्यले… पुरा पढौ

पुष २२ गतेदेखि पोखरामा सामुदायिक विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता हुने

पोखरा, १ पुष, सातौँ सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक विद्यालय छात्र–छात्रा भलिबल प्रतियोगिता यही पुष २२ गतेदेखि पोखरामा संचालन हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसअघि सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि सृजना विकास केन्द्रको… पुरा पढौ

हिसान कास्की स्पोट्र्स मिट पुष ३ गते देखि, ४ हजार विद्यार्थी प्रतिस्पर्धा गर्दै, पावरलिफ्टिङकी शर्मिला नगद सहित सम्मानित हुने

पोखरा, पौष १, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ३ गतेदेखि पोखरामा १८ औं हिसान स्पोर्टस मिट सुरु हुने भएको छ । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयाचचेजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । औपचारिक उद्घाटन भने पौष ४ गते हुने भएको छ । प्रतियोगितामा धेरै टिम सहभागि भएका कारण एक दिन अघि अनौपचारिक रुपमा खेलहरु सुरु हुने… पुरा पढौ

पोखरामा आधुनिक (बिद्युतीय) शवदाह गृह निर्माण भएको दुई बर्षदेखि संचालनमा आउन सकेन

दीननाथ बराल, पोखरा, १, पुष, पोखरा १० रामघाटमा निर्माण भएको आधुनिक (बिद्युतीय) शवदाह गृह विगत दुर्ई बर्षदेखि अलपत्र अबस्थामा रहेको छ । करिब १४ करोड १३ लाख ५० हजार लागतमा दुई बर्ष अघि निर्माण सम्पन्न भएपनि हालसम्म त्यसको प्रयोग नहुँदा अलपत्र अबस्थामा रहेको स्थानियले गुनासो गरेका छन् । पोखरामा दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको विद्युतीय शवदाह गृह हालसम्म संचालनमा नआउदा अलपत्र अबस्थामा रहेको पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले बताए । पोखराको रामघाटमा निर्माण… पुरा पढौ

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा १, पुष, १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ… पुरा पढौ

कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा, १ पुस, पोखरा ४ मा रहेको कुमुदिनी होम्सको ३९ औंं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु हाल जारी रहेका छन् । गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाइचाराको संस्कारमा वृद्धि तथा अपनत्वको अनुभव गराउन विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता आयोजना गरिएको बिद्यालयले जनाईएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले यसपालि ५० विद्यालयका ९६ जना विद्यार्थीहरु चित्रकला प्रतियोगितामा सहभागी भएको बताए। उनीहरुले स्वतन्त्र रुपमा आफूले चाहेको विषयमा चित्रहरु बनाएका छन् । प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षासम्म जुनियर र कक्षा… पुरा पढौ

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

पोखरा, पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद… पुरा पढौ

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने

पोखरा, पुस १, यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी… पुरा पढौ