समाज

१८ औं हिसान स्पोर्ट्स मिट सुरु, वर्ल्ड पावर लिफ्टिङमा च्याम्पियन शाहलाई पोखरामा नगद सहित सम्मान

पोखरा, पौष ४, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार देखि १८औँ हिसान स्पोटर््स मिट सुरु भएको छ । यही पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त कार्यक्रमको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका हुन् । कार्यक्रममा बोल्दै कुलपति तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए । उनले विकासक्रमसँगै विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा खेलकुद बनेको उल्लेख गर्दै… पुरा पढौ

कुमुदिनी होम्सको वार्षिकोत्सबको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

४,पुष, पोखरा पोखरा महानगरपालिका वडा नं। ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सबको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका हेम्जामा अवस्थित मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा विद्यालय संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी तथा शिक्षकहरू मन बहादुर भुजेल,सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सामाग्री… पुरा पढौ

लेखनाथ महोत्सव सुरु, उद्घाटन र्यालीमा सहभागि महिलाहरु घण्टौँ लाइनमा बस्न बाध्य(भिडियो सहित)

दीननाथ बराल,पोखरा, ३ पौष, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विहिबार देखि पोखरा २७ को डाँडाकोनाक (तालचोक) मा २१ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही पुष १४ गतेसम्म संचालन हुने उक्त महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । https://www.youtube.com/watch?v=RItvrre7lvE कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पर्यटनलाई प्रदेश विकासको पहिलो आधारका रूपमा अघि बढाइएको बताउँदै यस्ता मेला–महोत्सवले पोखरा र गण्डकी प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त… पुरा पढौ

पोखरामा फागुन ३ गते ‘धन बहादुर गुरुङ सांगीतिक साँझ’ हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३, पुष, नेपाली गीत–संगीत क्षेत्रमा गायक, संगीतकार तथा संगीत संयोजकका रूपमा उल्लेखनीय योगदान पु¥याएका कलाकार धन बहादुर गुरुङको सम्मानमा आगामी फागुन ३ गते पोखरामा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना गरिने संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=cxCVou9b3PA कार्यक्रम मार्फत तमु कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य लिइएको संघ गण्डकीका अध्यक्ष… पुरा पढौ

दूरसञ्चार बिना विकास सम्भव छैन स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय विकासको रणनीतिक आधारका रूपमा स्थापित भएको उल्लेख गरे। मन्त्री थापाले देशभरबाट पोखरा आएका प्रतिनिधिहरूलाई गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगर पोखरामा स्वागत गर्दै नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थाले केवल सेवा प्रदायकको भूमिका मात्र नभई राज्यको डिजिटल सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि वहन गरिरहेको… पुरा पढौ

१८औं हिसान कास्की स्पोर्ट्स मिट भलिबल र बास्केटबलका प्रतिस्पर्धा सुरू

पोखरा, पौष ३ , १८औं हिसान कास्की स्पोर्ट्स मिट २०८२ बिहिबारबाट अनौपचारिक रुपमा पोखरा रंगशालामा सुरू भएको छ । हिसान स्पोर्ट्स मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएको हिसान कास्कीका अध्यक्ष दिवाकार जैशीले जानकारी बताएका छन् । पहिलो दिन भलिबल छात्रतर्फ ८ खेलहरु सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिए । बिहिबार भएको खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले, न्यू ग्यालेक्सीले गण्डकी आदर्शलाई २५–१३, २५–०४ ले, पोखरा आदर्शले… पुरा पढौ

होटल संघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, ३ पुस, होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा हालै पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने… पुरा पढौ

पोखरा महानगरमा उत्कृष्ट करदाता नेपाल मणिपाल दोश्रोमा पोखरा ग्राण्ड

पोखरा, पोखरा महानगरपालिकामा गत बर्ष सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा नेपाल मणिपाल एजुकेशन सम्मानित भएको छ । नेपाल मणिपाल एजुकेशन एण्ड ग्रुपले मालपोत सम्पत्ति कर वापतको ३६ लाख १४ हजार १५ रुपैया कर तिरेको भन्दै महानगरले महानगर स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । त्यसै गरी पोखरा ग्राण्ड प्रा.लि.उत्कृष्ट करदाता मध्य दोश्रो हुन सफल भएको छ । मणिपालले गत बर्ष २१ लाख ८४ हजार १ सय ८६ रुपैया कर तिरेको महानगरले जनाएको छ । त्यसै गरी महेश… पुरा पढौ

फेवाताल संरक्षणमा प्रदेश सरकार अब याक्सनमा जानेः मुख्यमन्त्री पाण्डेको भनाई

दीननाथ बराल,पोखरा, २ पुस पोखराको पर्यटकीय गन्तव्य फेवातालको अस्तित्व र सौन्दर्य जोगाउन प्रदेश सरकार अब याक्सनमा उत्र्रिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र बनेका संरचना हटाउने कार्य अब नीतिगत छलफलमै सीमित नरही प्रत्यक्ष कार्यान्वयनमा जाने स्पष्ट संकेत दिनुभएको छ । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सीमा निर्धारण टुंगो लागेपछि अब दोस्रो चरणको काम सुरु हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार हटाउने प्रक्रिया सर्वसाधारणबाट… पुरा पढौ

महानगरका माता झ्याउरी, पिता काशीनाथ, सर्वोउत्कृष्ट कर्मचारी हेम प्रसाद, उत्कृष्ट कर्मचारी नवराज, बिदुर सहितका कर्मचारी सम्मानित

दीननाथ बराल,पोखरा २, पुष पोखरा महानगरको ६७ औं स्थापना दिवसको अवसरमा महानगरका ज्येष्ठ नागरिक महानगरका माता पिता को रुपमा सम्मान गरिएको छ। पोखरा–२८ आरुपाटा घर भएकी १०७ वर्षकी झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–३२ डाँडाखर्क का १०४ वर्र्षीय काशीनाथ पण्डितलाई महानगर पिताको रूपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँहरुलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उहाँहरुको स्वास्थ्यमा रेखदेख गरी महानगरको माता पिताको रुपमा सम्मान गर्ने पोखराका मेयर धनराज आचार्यले… पुरा पढौ