समाज

विहिबारदेखि पोखरा २७ मा हुने लेखनाथ महोत्सवको तयारी पूरा (भिडियो सहित), जलपरी प्रर्दशनी हुने

दीननाथ बराल, पोखरा, १ पौष, पोखरा २७ डाँडाकोनाक तालचोकमा विहिबारदेखि सुरु हुने लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । यही पुष १४ गतेसम्म संचालन हुने महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने भएको आज (मंगलबार) महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=GPE0rMnQcqM ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु हुने महोत्सवमा मुख्य आकर्षणको रुपमा जलपरी प्रदर्शनी देखि टिकटक प्रतियोगिता लगायतका मुख्य… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कप २०८२ः प्रतिभा र हिमायलन बिजयी

पोखरा, पोखरा क्रिकेट मैदानमा जारी हिमालयन क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा प्रतिभा र हिमालयन बिजयी भएका छन । शनिवार सम्पन्न प्रतिभा र नबिनको बिचको पहिलो खेलमा नबिनले टस जितेर ब्याटि गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा १३१ रन बनाउन सफल भयो । नबिनका ब्याटर साउददिन अनसारीले ५० बलमा ३६ रन बनाउन सफल भए त्यसैगरी ऋषि प्रजापतिले २० बलमा १८ रन बनाए । त्यसैगरी प्रतिभाका बलर रेबित शर्माले ४ ओभरमा २१… पुरा पढौ

सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मार्ट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि

पोखरा, २९ मङ्सिर, सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मार्ट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवद्र्धन सुरु गरिएको हो । भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा… पुरा पढौ

पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ८० यूनिट रंक्त संकलन

दीननाथ बराल,पोखरा, २९ मंसिर, पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित रंक्तदान कार्यक्रमबाट ८० यूनिट रंक्त संकलन भएको छ । पोखरा सभागृहमा भएको रक्तदान कार्यक्रममा महानगरका कर्मचारी, नगर प्रहरी, स्वयंसेवी सहितका रक्तदाताले रक्तदान गनर््ु भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरत पौडेलले बताउनु भयो । रक्तदान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्वस्थ व्यक्तिले ९० दिनमा रक्तदान गर्न सकिने बताउन्ु भयो । रगत किन्न र उत्पादन गर्न पनि नसकिने भएकाले रगतको माग पुरा गर्नलाई सबैले सहयोग गर्न आचार्यले… पुरा पढौ

मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

मंसिर २९, पोखरा, मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष मिस तामाङ पोखरा सञ्चालन हुँदै आएको छ । तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए । उद्घाटन समारोहमा उनले तामाङ… पुरा पढौ

मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा

पोखरा, मंसिर २९, पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन । उद्यमशिल बन्न निकै नै मेहनत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता उक्त अवसरमा विद्यार्थीमाझ बाढिन । त्यसबाहेक पठनशैली र पुस्तक तथा लेखनबारे पोखराका अगुवा साहित्यकारद्वय तीर्थ श्रेष्ठ र सरुभक्तले पनि विद्यार्थीसँग अनुभव साटासाट गरे । विद्यालयले विद्यार्थीमा पठन र लेखनशैलीको विकास गर्नका लागि दोश्रो संस्करणको रुपमा यो पटक पनि साहित्य मेला आयोजना गरेको थियो ।… पुरा पढौ

प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान

पोखरा, मंसिर २९, पालिखेचोकस्थित प्रतिभा माविले विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत वर्षभरि भएका खेलकुदका विभिन्न गतिविधिका उत्कृष्ट विद्यार्थी र समूहलाई पुरस्कार वितरण गरिएको हो । पोखरा रंगशालामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–३ का अध्यक्ष प्रकाशमान उदास, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल लगायतले उद्घाटन गरेका थिए । प्रतिभाले विद्यालय तहमा आन्तरिक प्रतिश्पर्धा हुनेगरि फुटसल, भलिवल, बास्केटबल, टेवलटेनिस, चेस लगायतका खेलकुद गतिविधि संचालन गरेको थियो । तिनै खेलकुदका… पुरा पढौ

मिथिला संस्कृति सडक महोत्सवमा झल्कने ः सडकमा नाच्न, खान रमाउन पोखरा आउनुहोस्

मंसिर २९, जनकपुर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा नेपालका पूर्वेली शहरहरुमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष… पुरा पढौ

कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

पोखरा,पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामाशेयर सदस्यलाई सम्मान गरेको थियो । संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथिमा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ रहेका थिए ।प्रमुख अतिथि ढूंगानाले सहकारीको स्थापनाकालको स्मरण गर्दै सहकारीले उद्योग स्थापना गर्नका… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता पुष ४ गते देखि हुने तयारी

दीननाथ बराल, पोखरा, २८ मंसिर, कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ पुष ४ गते देखि हुने भएको छ । विश्वकै उत्कृष्ट गल्फ कोर्समध्ये एक मानिने पोखरा–१४ मझेरीपाटनस्थित (पार–६९) को हिमालयन गल्फ कोर्समा उक्त प्रतियोगिता आयोजना हुने भएको आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । आगामी पुष ५ गतेसम्म चल्ने प्रतियोगितामा देश तथा विदेशबाट २५ टिम सहित करिब ७० देखि ८० जना एमेच्योर गल्फरको सहभागिता रहने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले… पुरा पढौ