उपाध्यक्ष बादलद्धारा कानुनी र सडक संघर्षबाट नेतृत्व मुक्त गरिने दाबी

-


     पोखरा क्लिक     
     चैत्र २५ गते २०८२ मा प्रकाशित


कास्की,

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कानुनी मोर्चा र सडक दुवैबाट संघर्ष जारी राख्दै अदालत वा सरकारलाई दबाब दिएर भए पनि पार्टी नेतृत्वलाई मुक्त गर्ने दृढता व्यक्त गरेका छन्।

बुधबार कास्कीमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले नेतृत्वमाथि भइरहेको घेराबन्दीको प्रतिवाद गर्न संगठित संघर्ष आवश्यक रहेको बताए । उनले कानुनी प्रक्रियासँगै जनदबाब सिर्जना गर्ने आन्दोलनलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख गरे। उनका अनुसार वर्तमान परिस्थितिमा पार्टीले वैचारिक स्पष्टता र सशक्त संगठनमार्फत् संघर्षलाई तीव्र बनाउनेछ। अदालत र सरकार दुवैलाई दबाबमा पारेर नेतृत्वमाथि भएको अन्याय अन्त्य गर्ने उनको भनाइ थियो।