समाज

नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न

पोखरा २४, पुष नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने उल्लेख गरे । ‘सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उनले भने,… पुरा पढौ

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

पोखरा २४, पुष गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ ९नवलपुर०, इन्द्र पाठक ९बागलुङ०, बिनोद कुमार घर्ती ९म्याग्दी०, जगदिश कुवंर… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकपलाई ग्लेज स्प्रिङ वाटरको साथ

पोखरा, २४ पुस २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रालिले साथ दिएको छ । अफिसियल ड्रिङ्किङ वाटरको रुपमा कम्पनीका तर्फबाट अध्यक्ष रविमोहन बराल र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा क्लब र कम्पनीतर्फबाट प्रतिनिधिको पनि उपस्थिति थियो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगितामा कम्पनीले प्रतियोगितास्थल, कार्यालय एवं पत्रकार सम्मेलन लगायतमा आवश्यकता अनुसार कम्पनीको उत्पादन ग्लेज स्प्रिङ… पुरा पढौ

पोखरामा छोडिएका गाईको संरक्षण गर्न महायज्ञ हुने

पोखरा महानगरपालिकाको सहजीकरणमा राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा यही पुष २६ गते देखि पोखरामा महायज्ञ हुने भएको छ । आउदो माघ ४ गतेसम्म पोखरा–१४, वाच्छिबुडुवामा श्रीमद भागवत ज्ञान महायज्ञ–२०८० हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखराका सडक क्षेत्रमा छाडिएका गाईहरुको दिगो रुपमा व्यबस्थापन गर्न अक्षयकोष स्थापना गर्न पनि महायज्ञ आयोजना गर्ने तयारी गरिएको महासंघका संस्थापक अध्यक्ष एवं महायज्ञका मुख्य वक्ता भागवत भास्कर पण्डित कमलनयन गौतमले बताउनु भयो । राष्ट्रिय परोपकार महासंघ नेपालको १६ औं वार्षिक… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनका लागि तीन सिटमा ८ जनाको उम्मेदवारी

पोखरा २३, पुष राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटका लागि आठ जनाको उम्मेदवारीको मनोनयन दर्ता गर्नु भएको छ । गण्डकीमा सत्तागठबन्धनमा रहेका नेपाली काँग्रस तथा नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपांगता÷अल्पसंख्यक क्लस्टरमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ)ले मनोनयन दर्ता गराउनु भएको छ । त्यसै गरी नेकपा(एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली(स्याङ्जा), अपांगता÷अल्पसंख्यकमा… पुरा पढौ

१२ हजारको प्याकेज पोखरामा फेरी ३ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

पोखराको सहासिक खेल प्याराग्लाइडिङ गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न सकिने भएको छ । केही दिन अघि १२ हजारको प्याकेजमा २५ प्रतिशत छुट सहित ९ हजारमा उडान सुरु भएको प्याराग्लाईडिङ व्यवसाय अझ राम्रो फष्टाउन नसकेको भन्दै केही कम्पनीहरुले ३ हजारसम्ममा पनि प्याराग्लाईडिङ गराउने गरेका छन्। पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरु बढी भएकाले गर्दा केही प्याराग्लाईडिङ कम्पनीहरुले ह्वात्तै मुल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । एक थरी व्यवसायीहरुले… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पोखरा २३, पुष आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर… पुरा पढौ

प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

पोखरा २३, पुष गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले ९स्याङजा०, पार्वती विक ९नवलपुर०, अधिप पाण्डे ९तनहुँ०, मोहन गुरुङ ९कास्की०, तिलक बहादुर अधिकारी ९कास्की०, कृष्ण सिंह बस्नेत ९ गोरखा०… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा वार्षिक खेलकुद

पोखरा २३, पुष पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

परिषद गण्डकीद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने

पोखरा २३, पुष प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने तयारी गरेको छ । परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकस्मिक विमा पहिलो चरणमा गर्ने तत्पश्चात खेलाडीहरुको बिमा प्रकृया अघि बढाउने भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले खेलाडीहरुको समेत आकस्मिक विमा र छात्रवृतिको व्यवस्था गर्ने प्रस्ताव अघि बढाउको उहाँले जनाउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रशिक्षक, रेफ्रि… पुरा पढौ

This will close in 20 seconds