समाज

दुधका व्यवसायीक किसानहरुलाई रकम उपलब्ध गराउन बिषेश पहल गर्छुः मन्त्री अधिकारी, करिब डेढ अर्ब भुक्तानी गर्न बाँकी

दीननाथ बराल, पोखरा १, माघ, नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले दुधका व्यवसायीक किसानहरुलाई रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालको आज (सोमबार) पोखरामा सम्पन्न भएको ३० औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले देशभरका किसानले दुध बिक्री गरेको रकम नपाएकोमा चिन्त्ता व्यक्त गर्दै उक्त रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको हो । सरकारी र अधिकांश निजी डेरी उद्योगले गत विगत ६ महिना अघि देखिको किसानलाई… पुरा पढौ

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते हुने

पोखरा १, माघ, प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो । स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्तर्क्रिया कार्यक्रम र ुप्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार ( २०८१ु अर्पण पनि गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए । उपसमितिहरू गठन अधिवेशन सम्पन्नार्थ विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रतिवेदन लेखन समितिमा कार्यवाहक… पुरा पढौ

प्याब्सन कास्कीको अध्यक्षमा षडानन्द गौतम

पोखरा २९, पुष, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन हुनु भएको छ । प्याब्सन कास्कीको हालै पोखरामा सम्पन्न १९ औं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह–सचिवमा डिल्लीराम अर्याल र सह–कोषाध्यक्षमा नरेश प्रसाद बराल चयन हुनु भएको हो ।त्यस्तै सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, डा.महेश्वर पराजुली, रेखा थापा कार्की र टिकाराम पौडेल चयन… पुरा पढौ

६४ जिल्लाका दुग्ध व्यवसायी पोखरामा

दीननाथ बराल,पोखरा २९, पुष, गण्डकी प्रदेशको राजधानि पोखरामा ६४ जिल्लाका दुग्ध व्यवसायीक किसान सहभागि हुनु भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ नेपालको आज पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा हुने ३० औं साधारण सभामा सहभागि हुन ६४ जिल्लाका करिब ४ सय जना दुग्ध किसान पोखरामा सहभागि भएको संघका लेखा समिति संयोजक एवं कास्कीका अध्यक्ष नवराज बरालले बताउनु भयो । संघका अध्यक्ष अम्मर कुंवरको अध्यक्षतामा हुने कार्यक्रमको औपचारिक उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले गर्नुहुने भएको छ… पुरा पढौ

सिक्लेसको पर्यटन प्रबद्र्धन गर्न सिक्लेस माघे संक्रान्ति मेला हुने, आगन्तुक पाहुनालाई होमस्टे तथा होटलमा छुट

दीननाथ बराल, पोखरा २८, पुष, कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा आउँदो माघ १ गते देखि सिक्लेस माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबको आयोजनामा गाँउ पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त मेला माघ ४ गतेसम्म हुने भएको आइतबार(आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । गुरुङ समुदायको कला, संस्कृति, परम्पराको संरक्षण गर्दै खेलकुद क्षेत्रको समेत प्रबद्र्धन गर्न उक्त मेला आयोजना गरिएकोे क्लबका अध्यक्ष भोलामान गुरुङले बताउनु भयो । ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’ मूल नारा… पुरा पढौ

सफलता उन्मुख लेखनाथ महोत्सव

लेखनाथ÷पुस २८, पुस १८ गतेदेखी लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजकले दावी गरेको छ । महोत्सवमा एघारौं दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले भने, “महोत्सवको एघारौं दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई… पुरा पढौ

सहारा क्लब र दृष्टि आँखा हस्पिटल बीच सम्झौता

पोखरा, २८ पुस, दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो । सो सम्बन्धमा आइतबार क्लब अध्यक्ष केशवराज बराल र हस्पिटल अध्यक्ष शिव पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए । थकालीअनुसार हस्पिटलले बर्सेनि आहारारा पोखरा गोल्डकपलाई ५० हजार रुपैयाँ सहयोग गर्नेछ । यस्तै, प्रतियोगिताका बेला खेलाडीलाई आँखासम्बन्धी चोटपटक लागे प्राथमिक उपचार निःशुल्क गर्नेछ भने दर्शकको समेत प्राथमिक… पुरा पढौ

पोखरामा गुन्जीए नारी स्रस्टा

पोखरा, २८ पुष, साहित्य,कला र संगीत त्रीबेणीको काम गरी रहेको पोखराको एउटा पुरानो वाङ्मयीक संस्था पोखरेली युवा सांस्कृतीक परिवारले यसपाली काठमन्डौको अर्को एउटा पुरानो संस्था गुन्जन नारी साहित्यिक सस्थालाइ निम्तो दियो नारी स्रष्टा विशेष कवि गोष्ठीमा आउनका लागि । जुन सस्थामा थिए हजुरआमा उमेर समुहका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, त्यस्तै अर्का वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धर धिताल । उमेरले ७० नाघे पनि जोश भने अझै पनि तन्नेरी । दर्शक दिर्घामा श्रोता… पुरा पढौ

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न ः

पोखरा, २८ पुस, हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि… पुरा पढौ

गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री थापा

पोखरा २८, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् । मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो ।… पुरा पढौ

This will close in 20 seconds