समाज

ऋामा समुह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा, पुष २६, पोखरा महानगर पालिका वडा नं– ६ स्थित महिला सञ्जाल को आयोजना मा आयोजित वक्तृत्वकला प्रतियोगिता मा संञ्जीबनी नारी समुहकी शोभा पाण्डे प्रथम भएकी छन । अन्नपूर्ण आमा समुहको संयोजकत्वमा पोखरा महानगर पालिका वडा नं– ६को आर्थिक सहयोग र महिला सञ्जाल पोखरा– ६ को आयोजनामा आयोजित प्रतियोगितामा पोखरा महानगर पालिका वडा नं–६मा रहेका १८ वटा आमा र महिला समुहको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार सम्पन्न भएको हो । पोखरा महानगर पालिका वडा नं ६लाई “सम्मुनत वडा बनाउन आमा र… पुरा पढौ

भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २६ पुस, पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी… पुरा पढौ

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

पोखरा, २६ पुस, नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरु बीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ

गीतबिना पर्यटन अधुरो,

पोखरा, २६ पुस, राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा… पुरा पढौ

२४ औं आहा रारा पोखरा गोल्डकप तयारी, एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया

पोखरा, २६ पुस, २४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाँकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड… पुरा पढौ

ललितकला पुरस्कार वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई

पोखरा, २६ पुष, पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार २०८० बाट कलामा सिङ्गो जीवन समर्पित गर्ने वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई पुरस्कृत गर्ने भएको छ । सन् १९५० मा जन्मेका मुल्मीले १९७८ मा पञ्जाब विश्वविद्यालयको ललित कला विभागबाट ग्राफिक डिजाइनमा एमएफए पूरा गरे । उनीले स्टेज टेक्निक र लाइटनिङमा विशेष तालिमका साथै ग्राफिक आर्टमा अतिरिक्त प्रशिक्षण समेत लिएका छन् । उनी त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहप्राध्यापक र त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहायक… पुरा पढौ

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरा, २६ पुष, पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई… पुरा पढौ

थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट दीपक परियार पुरस्कृत हुने

पोखरा २६, पुष, यस बर्षको थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट पोखराका कृयाशील पत्रकार दीपक परियार पुरस्कृत हुनु हुने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि(शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ । कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार जनपक्षिय पत्रकारितामा करिब डेढ दशक भन्दा बढी समय देखि क्रियाशील हुनुहुन्छ, उहाँलाई शनिबार नगद २५ हजार रुपैया सहित पुरस्कृत गरिने भएको पे्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो । प्रेस… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक एनसेल

दीननाथ बराल,पोखरा २६, पुष, टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा टेलिकम्युनिकेशनमा देशकै स्थापित सस्था एनसेलले साथ दिने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १२ गते देखि संचालन हुने उक्त प्रतियोगितालाई सफल पार्न एनसेलले टाइगर कपलाई मुख्य प्रायोजन गर्ने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । पोखरामा विगत ४ बर्ष देखि संचालन हुदै आएको चर्चीत टाइगर कप भलिवल प्रतियोगिता यस बर्ष एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित… पुरा पढौ

कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिव्र

पोखरा, २६ पुस, कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव माघ ४ देखि ६ गते सम्म चल्ने छ । महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा सहभागिताका लागि विभिन्न युवा क्लब, आमा समूह, विद्यालय, टोल विकास संस्थाहरु साथै अतिथिहरुका लागी पत्रचारका कामहरु भइरहेको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबकी कोषाध्यक्ष एलिसा गुरुङ्ले जानकारी दिइन् । महोत्सव स्थल खेलमैदान मर्मत तथा सफाइका कामहरु समेत भइरहेको समिति सदस्य… पुरा पढौ

This will close in 20 seconds