थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट दीपक परियार पुरस्कृत हुने

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८१ मा प्रकाशित


पोखरा २६, पुष,

यस बर्षको थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट पोखराका कृयाशील पत्रकार दीपक परियार पुरस्कृत हुनु हुने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि(शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ ।

कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार जनपक्षिय पत्रकारितामा करिब डेढ दशक भन्दा बढी समय देखि क्रियाशील हुनुहुन्छ, उहाँलाई शनिबार नगद २५ हजार रुपैया सहित पुरस्कृत गरिने भएको पे्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो । प्रेस सेन्टरका सल्लाहकार अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर कास्कीले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त समितिमा अग्रज पत्रकार विश्वप्रकाश लामिछाने, पूर्व सम्मानित विभु भुषाल, पदेन सदस्यमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी र सचिव पुष्प दाहाल रहनु भएको थियो ।

प्रेस सेन्टर कास्कीको छैटौं अधिवेशनले आगामी ३ बर्षीय कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । उक्त अधिवेशनको तयारी पूरा भएको अध्यक्ष दवाडीले जनाउनु भयो । उक्त कार्यक्रमको शनिबार बिहान ठिक ९ः०० बजे पोखराको बाँस्तोलाथरमा रहेको शिल्भर प्लेट पार्टी प्यालेसमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुहुने भएको छ ।



This will close in 20 seconds