समाज

कृषकको पनि बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २४ पुस कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । पुस १८ गतेदेखी जारी महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा… पुरा पढौ

पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

पोखरा, २४ पुस, तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको… पुरा पढौ

राइड शेयरिङ एप्सलाई मान्यता नदिन चेतावनी

दीननाथ बराल,पोखरा २४, पुष, राइड शेयरिङ एप्सलाई मान्यता नदिन पोखरा क्षेत्रका मजदुर तथा व्यवसायीहरुले चेतावनी दिएका छन् । उक्त एप्सलाई सरकारले मान्यता दिन लागेको भन्दै यहाँका मजदुर र व्यवसायीहरुले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सरकारलाई चेतावनी दिएका हुन् । एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा गठनमा आबद्ध मजदुर सहित विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुले नेपालमा अबैधानिक रुपमा रहेको राइड शेयरिङ एप्सलाई कानून संसोधन गरेर कानूनी मान्यता दिए त्यसका बिरुद्ध आन्दोलन गर्न आफुहरु तयारी अबस्थामा… पुरा पढौ

सूर्यदर्शन सहकारीमा ठगि प्रतिवादीका वकिलहरूको बहस सकिएसंगै विहिबार आदेश आउन सक्ने

पोखरा २४, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी तर्फका अधिवक्ताहरूको बहस आज सकिएको छ । बुधबार प्रतिवादीका तर्फका अधिवक्ताहरूको बहस सकिएसंगै सम्भवत भोलि(विहिबार) आदेश समेत आउन सक्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो । बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुने भएको छ भने जवाफी बहस सकिएपछि आदेश आउने सम्भावना रहेको छ । पोखराको सुरक्षा व्यवस्था हाल… पुरा पढौ

प्रेस सेन्टर पोखरा महानगरको अध्यक्षमा हुम गुरुङ्ग

पोखरा २४, पुष, प्रेस सेन्टर पोखरा महानगरको अध्यक्षमा हुम गुरुङ्ग निर्वाचित भएका छन । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ्ग र्निबाचित भएका छन । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिबेशनमा गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध र्निबाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्धितिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता गायक र सहसचिवमा दिलिप भण्डारी र्निबाचित भएका हुन । त्यसैगरि सदस्यहरुमा गिता तिवारी, एलिशा थापा रवि भण्डारी, दक्ष गुरुङ्ग चयन भएको बताइएको छ… पुरा पढौ

सहारा बाल आधारभूत बिद्यालयमा नेवाः मिसा पुचःद्वारा प्राथमिक उपचार अक्षयकोष स्थापना

पोखरा २४, पुष, पोखराको वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेवाः मिसा पुचः पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ । विद्यालयका ६० जना छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई सम्वन्धी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको हो । संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई चेक मार्फत २५ हजार रुपैया रकम हस्तान्तरण गरेका थिइन् । नेवाः मिसा पुचः पृथ्वीचोकका सचिव नविना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा रजकले गरेकी… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

पुष २४, हेमजा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कप र सनराइज ड्राइभिङ स्कुल बीच सम्झौता सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन

पोखरा, २३ पुस, २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल पनि जोडिएको छ । उक्त संस्थाले फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजन गरेको हो । सो सम्बन्धमा आयोजक सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवराज बराल र ड्राइभिङ स्कुलका तर्फबाट अध्यक्ष वसन्त भट्टचनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व कोषाध्यक्ष राजु लालचनसमेतको उपस्थिति थियो । संस्थाले सर्वाधिक गोलकर्तावापत् ५० हजार प्रदान गर्नेछ । पोखरामा लामो समयदेखि… पुरा पढौ

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

पोखरा, २३ पुस, पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए । उनले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताए । उनले बृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार… पुरा पढौ

फागुन ३ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन खेलाडीहरुको नाम दर्ता गर्न सुरु, साप्ताहिक/मासिक दौड हुने

दीननाथ बराल,पोखरा २३, पुष, नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आउँदो फागुन ३ गते १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुनको लागि खेलाडीहरुको नाम दर्ता गर्न सुरु गरिएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो । यसपालीको म्याराथन सहितको विभिन्न इभेण्टको दौड प्रतियोगिता सहित रन फर फनमा गरी १० हजार जना धावक सहभागि गराउने लक्ष्य राखिएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनु… पुरा पढौ

This will close in 20 seconds