फागुन ३ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन खेलाडीहरुको नाम दर्ता गर्न सुरु, साप्ताहिक/मासिक दौड हुने

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २३, पुष,

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आउँदो फागुन ३ गते १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुनको लागि खेलाडीहरुको नाम दर्ता गर्न सुरु गरिएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो ।

यसपालीको म्याराथन सहितको विभिन्न इभेण्टको दौड प्रतियोगिता सहित रन फर फनमा गरी १० हजार जना धावक सहभागि गराउने लक्ष्य राखिएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनु भयो । प्रतियोगिताको पुरस्कारमा मात्र २१ लाख ३४ हजार खर्च हुने भएको उहाँले जनाउनु भयो । सफल दुधको मुख्य प्रयोजनमा हुने उक्त म्याराथन पोखराका १७ वटा कोर सिटिका वडाहरु पर्ने निवर्तमान अध्यक्ष पराजुलीले जनाउनु भयो ।

केही दिन अघि देखि खेलाडीहरुको दर्ता खुल्ला गरेसंगै हाल सम्म स्वदेश तथा विदेश गरि ८९ जनाले अनलाईन मार्फत दर्ता गरेको उहाँले जनाउनु भयो । जस मध्ये म्याराथनमा २४ विदेशी सहित ४६ जना, हाफ म्याराथन पुरुषतर्फ ७ विदेशी सहित १३ जना, हाफ म्याराथन महिला १ विदेशी सहित २ जना, १० किमि पुरुष १ विदेशी सहित १६ जना, १० किमि महिला २ विदेशी सहित ५ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष १ जना, ५ किमि छात्र ३ र ५ किमि छात्रा ३ जना दर्ता गराएको मञ्चले जनाएको छ । दर्ता गर्ने अन्तिम मिति २०८१ माघ २४ गते सम्म रहेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

यही पौष २७ गतेबाट सुरू हुने मासिक÷साप्ताहीक दौडको महाअभियानमा सहभागि हुन मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । स्वच्छ पोखरा, स्वास्थ्य पोखरेली भन्ने नाराका साथ उक्त दौड पोखराको कुना कुनासम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको उहाँले जनाउनु भयो । ८ बर्ष देखि १२ बर्ष उमेर समुह तर्फ ३ किलोमिटर र १३ बर्ष देखि १६ बर्ष उमेर समुह तर्फ ५ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । पहिलो ५÷५ जना छात्र तथा छात्रालाई मेडल, प्रमाणपत्रको साथमा गिफ्ट ह्याम्परहरु उपलब्ध गराइने भएको छ ।

म्याराथन प्रतियोगिताकोे विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेश्रोलाइ २ लाख र सान्त्वना स्वरुप चौथोदेखि ८ जनालाई नगद ३० दखि १० हजार प्रदान गरिने भएको छ । खुल्ला म्यारथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई समेत प्रोत्साहन गर्न पुरस्कारको ब्यबस्था गरिएको छ । विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ । महिला हाप म्याराथन बिजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷ छात्रा दौडमा बिजेतालाई समान १५÷१५ हजार, उपविजेताले समान १०÷१० हजार र तेस्रो हुनेले समान ७÷७ हजार प्रदान गरिने भएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका धावकहरूलाई प्रोत्साहन गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

महिला हाप म्याराथन बिजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷छात्रा दौडमा बिजेतालाई समान १५÷१५ हजार, उपविजेताले समान १०÷१० हजार र तेस्रो हुनेले समान ७÷७ हजार प्राप्त गर्ने भएका छन् । अपाङगता भएकाहरूको ह्विलचियर र दृष्टिबिहिन दौड समेत हुने भएको छ ।उक्त अभियानमा करिब ५ सय संघ संस्थाहरु आबद्ध हुने भएको मञ्चले पोखराक्लिकलाई जनाएको छ ।

म्याराथनको रूट पोखराको कोर सिटि १७ र फेवाताल सहित माछापुच्छ्रेको प्रतिविम्बमा २५ किलोमिटर दौडको रूट निर्धारण गरिएको छ । पोखरा रंगशालाबाट सुरू भई कदममार्ग, रानीपौवा,फुलवारी, पृथ्वीनारायण क्याम्पस गेट, सिमपानी, विन्ध्यवासिनी मन्दिर, हल्लनचोक, खपौदी,पामे, ठुलाखेत, घाँटी छिना हुँदै पुनः लेकसाईडको हल्लनचोकमा आयर टुंगिने भएको छ । मञ्चको अगुवाईमा ४ सय ३२ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालाको पर्खाल निर्माण भए पनि हाल विभिन्न दाताको नाम समेत मेटिएकोले त्यसको पुन लेखन तथा पर्खाल मर्मत संहार गर्न मंचले समन्वय गर्ने भएको छ ।