सूर्यदर्शन सहकारीमा ठगि प्रतिवादीका वकिलहरूको बहस सकिएसंगै विहिबार आदेश आउन सक्ने

-


     पोखरा क्लिक     
     पौष २४ गते २०८१ मा प्रकाशित


पोखरा २४, पुष,

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी तर्फका अधिवक्ताहरूको बहस आज सकिएको छ । बुधबार प्रतिवादीका तर्फका अधिवक्ताहरूको बहस सकिएसंगै सम्भवत भोलि(विहिबार) आदेश समेत आउन सक्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।

बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुने भएको छ भने जवाफी बहस सकिएपछि आदेश आउने सम्भावना रहेको छ ।

पोखराको सुरक्षा व्यवस्था हाल निकै कडा पारिएको छ । सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पुरक अभियोजन गर्दा गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको प्रहरीले जनाएको छ ।