सहारा बाल आधारभूत बिद्यालयमा नेवाः मिसा पुचःद्वारा प्राथमिक उपचार अक्षयकोष स्थापना

-


     पोखरा क्लिक     
     पौष २४ गते २०८१ मा प्रकाशित


पोखरा २४, पुष,

पोखराको वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेवाः मिसा पुचः पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ । विद्यालयका ६० जना छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई सम्वन्धी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको हो ।

संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई चेक मार्फत २५ हजार रुपैया रकम हस्तान्तरण गरेका थिइन् । नेवाः मिसा पुचः पृथ्वीचोकका सचिव नविना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा रजकले गरेकी थिइन् । संस्थाको अध्यक्ष लक्ष्मी मुल्मीको अध्यक्षता रहेको कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयका बालबालिकाहरुलाई प्राथमिक उपचारका लागि अवधारणा सहितकोष स्थापना गर्नु निकै सर्हानिय कार्य भएको वताए ।सोहि क्रममा थकालीले नेवास् मिसा पुचले सुरु गरेको अक्षयकोषलाई वृहत वनाई सहज सेवा प्रदान गर्न सवैलाई सहयोगका निमित्त आह्वान गर्दै दुर्घटना अप्रिय कुरा भएपनि सो भएको खण्डमा थप जोखिम नहुन आवश्यक उपचारका लागि विद्यालयमा पर्याप्त स्रोत र साधन नभएको अवस्थामा सो किसिमको कार्य हुनुले आगामि दिनमा सहज हुने धारणा राखे । पोखरा ९, का जनप्रतिनिधि नन्दराम गिरिले आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सवैले सहायता प्रदान गर्दै हातेमालो गरि अगाडि वढाउनमा जोड दिए । नेवा स्खल कचास् पृथ्वीचोकका अध्यक्ष रेशम बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा थप सहयोगका लागी नेवास् खल सदैव तयार रहेको अभिव्यक्ति दिए ।

२५० वालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा आयोजना भएको कार्यक्रमकको समापनका क्रममा वोल्दै संस्थाकी अध्यक्ष लक्ष्मी मूल्मीले कोषको सुरुवात गरेर विजारोपण गर्ने कार्य गर्न पाउदा खुशी व्यक्त गर्दै, सवैको साथ र सहयोगले बालबालिकाहरुलाई प्राथमिक उपचार पाउनमा सहज हुने धारण राखिन्। विद्यालयका प्रधानाध्यापकले स्वागत गर्दै सुरु गरिएको कार्यक्रममा नेवाः मिसा पुचः पृथ्वीचोकका संस्थापक अध्यक्ष एवम् विद्यालयका सल्लाहकार रेविका श्रेष्ठ, सहारा क्लब पोखराका अध्यक्ष, नेपा मिसा पुचा का पदाधिकारीहरु, नेवा खल पृथ्विचोकका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकारहरु, शिक्षक अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।