समाज

सहारा बाल आधारभूत बिद्यालयमा रोटरी द्वारा न्यानो कपडा वितरण

पोखरा ३, माघ, पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा रोटरी क्लब पोखरा क्लब नं छण्छण्ठ ले न्यानो कपडा वितरण गरेको छ । क्लबका अध्यक्ष उर्दिप कुमार श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा ५० जना विशेष पारिवारिक अवस्थाका बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले स्वागत मन्तव्यका क्रममा सहयोगी संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सदैव साथ र सहयोग प्रदान गरिदिन अनुरोध गरे । सोहि क्रममा थकालीले विद्यालयले विस्तारै भौतिक रुपमा सवलतातर्फ उन्मुख हुँदा खुसी हुदै… पुरा पढौ

पोखरा २, माघ, घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे । परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । घान्द्रुक… पुरा पढौ

पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

पोखरा २, माघ, पोखरा वडा नं। १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो तेस्रो खेल महोत्सव हो । वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत… पुरा पढौ

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पोखरा २, माघ, माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको… पुरा पढौ

रेग्मीको निधनप्रति मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा शोक व्यक्त

मानवअधिकार पत्रकार संघ हुर्जाले वरिष्ठ ज्योतिष पत्रकार डा. बलराम उपाध्याय रेग्मी परिवारमा परेको मातृशोकमा समवेदना व्यक्त गरेको छ । खुर्कोट–४ पर्वत निवासी मनिकला उपाध्याय रेग्मीको यही पौष २६ गतेका दिन रात्री २.४५ बजे आफ्नै निवास पर्वतमा उच्च रक्तचापका कारण निधन भएको थियो । उहाँका ऋषि राम उपाध्याय रेग्मी, यदुनाथ उपाध्याय रेग्मी, मेघराज उपाध्याय, डा. बलराम उपाध्याय रेग्मी, केशवप्रसाद उपाध्याय रेग्मी र बिनोद रेग्मी गरी छ छोरा रहेका छन् । उमेरको ९३ वर्षमा चल्दै रहनु भएकी उहाँ छ छोराका साथै दुई… पुरा पढौ

लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार ३ लाख भन्दा बढी दर्शकहरुले गरे अवलोकन

लेखनाथ, १ माघ, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ ।समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको… पुरा पढौ

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा

पोखरा, माघ १, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे । उनीहरुले त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । आजभन्दा ठिक २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको… पुरा पढौ

पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

पोखरा १ माघ, पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।माघ १२ गतेदेखि प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोलीले सहभागिता जनाएको संयोजक ज्ञवालीले बताए । पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ,… पुरा पढौ

पोखरा महोत्सवमा आज पनि उस्तै भिड हुने अपेक्षा

पोखरा १, माघ, पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढेको छ । महोत्सवमा राखिएको जाडो मौसमको कपडाको स्टल, घरायसी सामाग्रीको स्टल, ताजा तरकारीको स्टलमा दर्शकहरुको भीड लागेको हो । आज माघ १ गते सार्वजनिक बिदा भएकोले गर्दा पनि महोत्सवमा दर्शकको अत्याधिक भिड हुने आयोजकले अपेक्षा गरेको छ ।महोत्सवमा सोमबार लोकदोहारी गायक ज्योती मगरको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए । ज्योती मगर संगै सोमबार… पुरा पढौ

पोखराको ढुंगेसाँघुमा माघे शंक्रान्ति मेला सुरु, पोखरामा १ करोड मुल्य बराबरकोे कन्दमुलको कारोवार

दीननाथ बराल,पोखरा १, माघ, आज (मंगलबार) माघे संक्रान्तिको अवसरमा पोखराको ढुंगेसाँघुमा माघे शंक्रान्ति मेला सहितको हार्ट बजार सुरु भएको छ । साथै उक्त क्षेत्रमा विभिन्न खेलकुद समेत सुरु भएको छ । यसैबिच, गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुदैछ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । प्रतिकेजी १ सय देखि ४ सय मुल्य… पुरा पढौ

This will close in 20 seconds