
मानवअधिकार पत्रकार संघ हुर्जाले वरिष्ठ ज्योतिष पत्रकार डा. बलराम उपाध्याय रेग्मी परिवारमा परेको मातृशोकमा समवेदना व्यक्त गरेको छ ।
खुर्कोट–४ पर्वत निवासी मनिकला उपाध्याय रेग्मीको यही पौष २६ गतेका दिन रात्री २.४५ बजे आफ्नै निवास पर्वतमा उच्च रक्तचापका कारण निधन भएको थियो ।
उहाँका ऋषि राम उपाध्याय रेग्मी, यदुनाथ उपाध्याय रेग्मी, मेघराज उपाध्याय, डा. बलराम उपाध्याय रेग्मी, केशवप्रसाद उपाध्याय रेग्मी र बिनोद रेग्मी गरी छ छोरा रहेका छन् ।
उमेरको ९३ वर्षमा चल्दै रहनु भएकी उहाँ छ छोराका साथै दुई दिदीबहिनी, सात बुहारी, १० नातिनिबुहारी, १८ नाति, आठ नातिनी, आठ पनाति र छ पनातिनी रही ६५ जना परिवारकी अभिभावकका रुपमा रहनु भएको थियो ।
हुर्जाका अध्यक्ष असफल गौतमद्वारा जारी शोक वक्तव्यमा पाङको धुलौटो माटो र पिँढीमा सीमित रहेको ज्योतिष विज्ञानलाई विश्वव्यापी बनाउने बलराम उपाध्याय जस्ता सुपुत्र जन्माउने मनिकलाको निधनले नेपालको ज्योतिष विज्ञान र साहित्यमा अपूरणीय क्षती पुगेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘यो शोकको घडीमा दिवंगत मनिकलाको मोक्ष प्राप्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरुन् ।’