समाज

एक दिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा, फागुन १३, सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले १०२ बल… पुरा पढौ

युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा, १३ फागुन, युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी… पुरा पढौ

फागुन १६ बाट सुरु हुने तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

पोखरा, १३ फागुन, विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि तेश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए… पुरा पढौ

सराङकोटमा बुधबार देखि सुरु हुने महायज्ञ एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा, सराङकोटमा राष्ट्रपति पौडेल आउने

दीननाथ बराल,पोखरा १२, फागुन, यही फागुन १४ गते (बुधबार) सराङकोटमा सुरु हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा फागुन २१ गतेसम्म संचालन हुने उक्त महायज्ञ एवं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताउनुभयो । महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कशल यात्रा हुने भएको उहाँले जनाउनु भयो । उक्तः स्थानमा सराङकोट धाम… पुरा पढौ

पोखरामा नेपाल, भारत, चाइना एक्सपो सुरु

दीननाथ बराल,पोखरा १२, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा पर्यटनको राजधानि पोखरामा आज (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा उक्त कार्यक्रम आजबाट सुरु भएकोे कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनु भयो । उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता भएको आयोजकले दाबी गरेको छ । भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता भएको छ भने… पुरा पढौ

लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने

दीननाथ बराल,पोखरा, १२ फागुन, लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गरि गाउँको प्रचार प्रसार गर्न उक्त महोत्सव हुने भएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुहिक होमस्टेका समेत अध्यक्ष सुर्य प्रसाद गुरुङले बताउनु भयो । ग्रामिण पर्यटनको माध्यमबाट गरिवी न्यूनीकरण गर्ने, स्थानीय भेषभुषा, कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने, आर्थिक एवं सामाजिक स्तर बृद्धि गर्ने, पसगाउँको थप प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लगायतका उद्धेश्य राखेर उक्त महोत्सव… पुरा पढौ

चैत्त ३० गतेदेखि तेस्रो नवदुर्गा भलिवल प्रतियोगिता

पोखरा, १२ फागुन, नवदुर्गा युवा क्लब पोखरा १३ आर्वाको आयोजनामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ यही चैत ३० देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए । रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ४५हजार र ३०हजार नगदका साथमा मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए । चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता… पुरा पढौ

अक्सफोर्डको वार्षिकोत्सवमा विद्यार्थीले दिए टिकटक सम्बन्धि सचेतना

पोखरा, १२ फागुन, विद्यालयमा विशेष नाटक प्रस्तुत भयो । टिकटकको वढि प्रयोगले छोराछोरी र अभिभावकलाई परेको असर चित्रण गरिएको थियो । परिवारमा परेको असरले समाज पनि अछुतो भएन । अभिभावकको सपना बोकेका बाबुनानीको जीवन समेत बर्बादा भएको विषयलाई टिकटकले परिवार सँगै समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित भएको विषयलाई पोखरा–१३ स्थित अक्सफोर्ड स्कूलका १३ जना विद्यार्थीले हालै नाटक मार्फत चित्रण गरेका हुन् । विशेष गरी टिकटकमा छोटो, आकर्षक र रमाइलो भिडियो सामग्रीले सबैलाई आफ्नो रमाइलो सँगै आम्दानीको मोहमा डुवाएको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशका प्रमुख भट्ट डिस्चार्ज

पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट स्वास्थ्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । श्वासप्रश्वास तथा छाती सम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराउनुभएको उहाँलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उहाँको उपचार भएको थियो । प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘कुनै पनि बिरामीलाई आधा… पुरा पढौ

सहारा आधारभूत बिद्यालयमा प्राथमिक उपचारकक्ष उद्घाटन, बिद्यालयल मनायो बार्षिकोत्सव

पोखरा, पोखरा ९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले विद्यालयको २८औं वार्षिकोत्व, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न गरेको छ । पोखरा मनपा वडा नं ९ ले सो विद्यालयमा स्थापना गरेको प्राथमिक उपचार कक्षको समुद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् भने कक्षा ८ कि छात्रा मेनुका तामाङले स्वागत मन्तव्य राखेकी थिइन्… पुरा पढौ