एसईई पास भएका विद्यार्थीहरूलाई हिमालयन बोर्डिङले सम्मान गर्दै बिदाई गर्यो

-


     पोखरा क्लिक     
     असार २० गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले यस बर्ष एसईई परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाई गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका कार्यबहाक प्रमुख बद्रीनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बराल लगायतले उत्कृष्ट नतिजा प्राप्त गरेका सबै विद्यार्थीहरूलाई सम्मान गरिएको बिद्यालयका प्रिन्सिपल डा.टेकनारायण पौडेलले बताउनु भयो ।

बिद्यालयका २ जना विद्यार्थीले फो जीपीए प्राप्त गर्नु भएको थियो। कार्यक्रमले सम्पूर्ण विद्यालय परिवारको परिश्रम, शिक्षण वातावरण र विद्यार्थीहरूको लगनशीलतालाई उच्च सम्मान दिएको उहाँले बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, विद्यालयका सह–प्राचार्य गोबिन्द काफ्ले लगायत अतिथिहरूले विद्यार्थीहरूलाई शुभकामना सन्देश दिनु भएको थियो।

सम्मानित विद्यार्थीहरूको तर्फबाट विद्यार्थी सोनिया गुरुङले धन्यवाद मन्तव्य सहित भविष्यका लागि प्रेरणादायी सन्देश दिनुभयो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ, र शिक्षकहरूको मार्गदर्शनको प्रशंसा गर्दै आगामी शैक्षिक यात्रा अझै उज्ज्वल र सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम को सन्चालन बिधालयका अतिरिक्त कृयाकलाप प्रमुख प्रबिण पन्त ले गर्नु भएको थियो भने नेपाली बिभागिय प्रमुख रन्जिता कार्कीले स्वागत गर्नु भएको थियो ।