समाज

आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ फागुन, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ ।विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा पोखराको केदारेश्वर मन्दिरमा दर्शन (भिडियो सहित)

दीननाथ बराल, पोखरा १४, फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह केही दिन देखि पोखरामा रहेकोले महाशिवरात्रि पर्वको अवसरमा बुधबार पोखराको केदारेश्वर महादेवमणि (मन्दिर) मा दर्शन गर्नु भएको छ । पूर्व राजा शाह सहित उहाँको परिवारले उक्त मन्दिरमा बुधबार साँझ दर्शन गर्नु भएको राप्रपाका युवा नेता अरुण गिरीले पोखराक्लिकलाई बताउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=sjcT9pHZOtg पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजाबादीहरुले मन्दिरमा जयजयकार गर्दै फूलमालाले स्वागत गर्नु भएको थियो ।… पुरा पढौ

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

सराङकोट, १४ फागुन, सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो। यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५… पुरा पढौ

शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनको सम्मानजि एण्ड के एजुकेशनद्धारा ५ जना शैक्षिक अगुवा सम्मानीत

१४ फागुन, पोखरा, जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन्… पुरा पढौ

एक्यापको कारण जन अपेक्षा पुरा गर्न सकिएन–अध्यक्ष गुरुङ

गण्डकी,१४ फागुन, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जन अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुछ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन गर्दै उहाँले स्थानीय श्रोत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रयोग गर्दा स्थानीय तह श्रोतबाट बन्चित भएको बताउनुभयो । आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ उहाँले भन्नुभयो, सवै श्रोतसाधन एक्यापले नै प्रयोग गर्दा यस क्षेत्रका अन्तर्गतका १६ वटा… पुरा पढौ

पोखरा २६ को सिलिङ्गेमा महाशिवरात्री मेला

पोखरा÷फागुन १४, यसैबिच, पोखरा महानगरपालिकाको वडा नंं २६ को सिलिङ्गेमा १५ औं सिलिङ्गे महाशिवरात्री मेला बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महाशिवरात्री मेलाको उद्घाटन गर्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सिलिङ्गे स्थित जटाशंकर धार्मिक क्षेत्रको विकासका लागि बृहत गुरुयोजना तयार गरेर अगाडी बढेको बताउनु भयो । वडाध्यक्ष थापाले गुरुयोजना अनुसारका कामहरुलाई आंशिक रुपमा पुरा गरिदै लगिएको उल्लेख गर्दै यस बर्ष एक करोडको लागतमा शिवलिङ्ग निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । यस बर्ष ५० लाख रुपैया… पुरा पढौ

पुम्दीकोटमा अत्याधिक भिड, सडकै जाम

दीननाथ बराल,पोखरा १४, फागुन, पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक तिर्थ स्थल पुम्दीकोट बिशाल महादेवको मुर्ति (भुमेश्वर महादेव) मा आज महाशिवरात्री पर्वको अवसरमा विहानै देखि अत्याधिक भिड भएको छ । पुम्दीकोटमा जारी महायज्ञ समेत रहेकोले दर्शनार्थीको अत्याधिक भिड भएकोले सडक नै जाम भएको छ । पोखराको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिसंगै एक सय ८ शिव लिङमा दुध चढाउने र दर्शन सहित यहायज्ञमा सहभागि हुन आज बिहानै देखि दर्शनार्थीहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो ।… पुरा पढौ

सराङकोटमा आयोजना हुने महायज्ञमा सहभागि हुने भक्तजनलाई २ सय मै केवलकारको यात्रा गर्न पाउने

दीननाथ बराल, पोखरा १३, फागुन, पोखरा १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा महायज्ञ तथा महोत्सवमा सहभागि हुने भक्तजन एवं दर्शकहरुको लागि अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकारमा यात्रा गराउने भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले ७१ प्रतिशत छुटमा केवलकार सेवा दिने भएको हो । उक्त महायज्ञ एवं महोत्सवमा आउने आगन्तुक भक्तजनहरुको लागि जनही २ सय रुपैयाबाट यात्रा गराउने भएको अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो । सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन… पुरा पढौ

बुधबारदेखि धम्पुसमा पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने, महिला तर्फको प्रतियोगिता सुरु भएसंगै पुरुष तर्फको पुरस्कार राषिमा ३३ प्रतिशतले घट्यो

दीननाथ बराल, पोखरा, १३ फागुन कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भोलि (बुधबार) देखि तेस्रो माछापुच्छु«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छु«े गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १७ गते सम्म हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ १४ टिम र महिला तर्फ ५ टिमको सहभागिता… पुरा पढौ

नविन माविमा जि एण्ड के एजुकेशनद्धारा पोशाक वितरण

१३ फागुन, पोखरा, जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच पोखरा महानगरपालिका वडानम्बर ४ वडाध्यक्ष देवकृष्ण पराजुली, नविन माविका प्रधानाध्यापक शिरोमणी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्त प्रसाद पराजुली र जि एण्ड केका संचालक राजन पन्थीले विद्यार्थीलाई पोशाक वितरण गरे । ५० विद्यार्थीले सिलाई पछि तयारी… पुरा पढौ