समाज

कृषिको उत्सव आलु महोत्सव

पोखरा, ३० चैत, आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ ।यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने… पुरा पढौ

ल्वाङगाउँमा मेला सम्पन्न, युके लण्डनलाई भलिबलको उपाधि महिला तर्फ धम्पुस च्याम्पियन

पोखरा, ३० चैत्र, ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज ९शनिबार० भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो । उपाधिसँगै लण्डनले नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो… पुरा पढौ

युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि

पोखरा, पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए । यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक… पुरा पढौ

प्रथम एलिट भलिबल कपः महिलातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा, प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ… पुरा पढौ

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल

पोखरा, ३० चैत, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा, चैत ३०, नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु… पुरा पढौ

पोखरामा सुरु भयो फेवा नव वर्ष महोत्सव, पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट छः मेयर आचार्य

पोखरा, ३० चैत, पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र… पुरा पढौ

कुमुदिनीमा शिक्षकका लागि एक दिने कार्यशाला

पोखरा, ३० चैत्र, नयाँ शैक्षिक सत्र सुरुवातको पूर्व अवसरमा पोखराको कुमुदिनी होम्स मा.वि.ले विद्यालयका शिक्षकहरुको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुवैबाट पोखरा आएका शिक्षा विज्ञ उमर फारुकले दिएका छन् । फारुक डाटावर्कस् एजुकेशनल रिसर्च एण्ड सटेप अप लर्निङ विज्ञ हुन् । उनले एन इन्टरएक्टिभ प्रोग्राम अन द पावर अफ वेल क्राफ्टेड एण्ड वेल टट लेसन शिर्षकमा तालिम दिएका हुन् । गुणस्तरीय शिक्षाका लागि विद्यालय आउने जाने, पढ्ने कार्यले मात्रै पुग्दैन । त्यसरी… पुरा पढौ

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ । विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र… पुरा पढौ

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन गर्न सुरु

पोखरा, बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्न सुरु गरेकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी सुरु गरेकी हुन् । उनले २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने… पुरा पढौ