समाज

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र,आजै देखि खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने गरी फम खुल्ला

पोखरा २, भदौं, पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन… पुरा पढौ

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौँ, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् । आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ… पुरा पढौ

गैह्रापाटन नेवा समाजलाई तायाःमचा नृत्य प्रतियोगिताको उपाधि

दीननाथ बराल, पोखरा, १, भदौं, पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलोपटक आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताको उपाधि गैह्रापाटन नेवा समाजले जितेको छ । शनिबार राति अबेर सम्पन्न प्रतियोगितामा २६ टिमलाई पछि पार्दै उपाधि सहित गैह्रापाटनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवाः टोल तृतीय र नदीपुर तायाःमचा समितिले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्वितीय सरस्वती मन्दिर समितिले… पुरा पढौ

गण्डकीमा १० स्थानमा करियर बुथ स्थापना

पोखरा, गण्डकी प्रदेशमा एकीकृत करियर बुथ स्थापना सुरु गरिएको छ । काठमाण्डौ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत प्रदेशका १० स्थानमा परीक्षण स्वरूप करियर बुथ स्थापना गरिएको हो । करियर बुथ स्थापना तथा सञ्चालनका लागि विभिन्न शैक्षिक र व्यवसायिक संस्थासँग समझदारी गरिएको छ । ती संस्थामा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका (स्याङ्जा), माछापुच्छ्रे गाउँपालिका (कास्की), पोखरा… पुरा पढौ

दातृ निकाय फर्किदा ३० हजार बेरोजगार ..

दीननाथ बराल,पोखरा, भदौ १, नेपालमा २२ वटा दातृ निकाय निष्क्रिय हुँदा करिब ३० हजार जना बेरोजगार हुनु परेको गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) ले जनाएको छ । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको असरसंगै नेपाल विकासउन्मुख देशमा जाने तयारी स्वरुप केही दातृ निकायले नेपालमा निष्क्रिय रुपमा रहेकोले त्यसको असर प्रत्यक्ष रुपमा पर्ने हाल करिब ३० हजार जना बेरोजगार हुनु परेको केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बताउनु भयो । यसबाट मात्रै करिब ६५० मिलियन अमेरिकी डलर गुमेको दाबी गर्दै उहाँले उक्त विकल्पमा स्वदेशमा… पुरा पढौ

ढोरपाटन २३ औं वर्षमा प्रवेश, काफ्ले र नेपाली सम्मानित

पोखरा, पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए । ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व… पुरा पढौ

भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

चितवन, भदौ १, कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ ।भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन्। महानगर प्रमुख रेनु… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

पोखरा ३१ साउन, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख… पुरा पढौ

छाङ्गेली नेवाः खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पोखरा, ३१ साउन, छाङ्गेली नेवाः खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता… पुरा पढौ

पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता, दर्शकको उल्लेखनिय सहभागिता

दीननाथ बराल,पोखरा, ३१ साउन, पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता भएसंगै दर्शकको उल्लेखनिय सहभागिता रहेको छ । नेवाः खल कास्कीको आह्वानमा शिशुवा नेवाः खलले आयोजना गरेको प्रतियोगितामा उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३४ वटा टिम सहभागी भएका छन् । नेवारी सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलो पटक आयोजना गरिएको शिशुवा नेवाः खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले बताउनु भयो… पुरा पढौ

This will close in 20 seconds