समाज

हाइकर्स क्लबको ७५ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा, ३१ चैत, झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू झुलिरहेका देखिन्थे । हाइकर्स क्लब नेपालसँग आवद्ध भई उक्त संस्थाको आयोजनामा त्यहाँ पुगेका व्यक्तिहरू कोही तस्बिर खिचाउँदै थिए त कोही सेल्फीमा व्यस्त देखिन्थे । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र… पुरा पढौ

आलु महोत्सवमा साढे २ करोड बढीको कारोवार

पोखरा, ३१ चैत, १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ। महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद… पुरा पढौ

मेकानिक्स परिवारका लागी स्वास्थ्य सचेतना

गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनमा आबद्ध मेकानिक्सका परिवारका लागी क्यान्सर रोग सम्बन्धि सचेतना सहित स्वास्थ्य परीक्षण गरिएको छ । फुजिमा आयल कम्पनी तथा गोयल ट्रेडिङ्गको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत महिलाहरुको लागी पूर्ण निःशुल्क स्वास्थ्य परीक्षण सहितको शिविर आयोजना गरीएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । महिलाहरुमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण मार्फत क्यान्सर फैलिन नदिन स्वास्थ्य शिविर उपलब्धिपूर्ण रहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपालीले बताए । मणिपाल शिक्षण अस्पतालका महिला रोग विशेषज्ञ… पुरा पढौ

प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि

पोखरा, प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१,… पुरा पढौ

एथ्लेटिक्स मिटमा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट

पोखरा, कास्की जिल्ला एथ्लेटिक्स संघको इतिहासमै पहिलो पटक पोखरामा आयोजना भएको दुई दिने पोखरा ओपन एथलेटिक्स मिट २०२५ मा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र सलिम देवान उत्कृष्ट हुँदा महिलातर्फ नेपाल पुलिस क्लबकी सिमा चौधरी र चितवनकी रेशमा सुवेदी उत्कृष्ट बन्न सफल हुनु भएको संघ कास्कीका अध्यक्ष गज बहादुर गुरूङले बताए । उत्कृष्ट भए संगै उनीहरुले नगद १०र१० हजारका साथमा प्रमाणपत्र हात पारेका छन् । दुई दिन… पुरा पढौ

पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण

चैत्र ३१, पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण… पुरा पढौ

केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग

पोखरा, ३१ चैत, इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्ट सहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर समेत पारी शनिबार गुरुकुलमा त्यहाँका ८१ जना बटु्कलाई टिसर्ट सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुुभयो । कार्यक्रमकै अवसरमा बटुकहरूलाई भोजन समेत गराइएको थियो । संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू गर्दै आएको उहाँले बताउनुभयो… पुरा पढौ

पोखरामा आयोजित पर्यटक दौडमा लण्डनका साम प्रथम, १८ देशका ५५ सहभागी

पोखरा, ३१ चैत, पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने… पुरा पढौ

केपी ओलि कप टी २० क्रिकेट जारी, समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १०२ रनको विजयी लक्ष्य… पुरा पढौ

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ