
पोखरा,
केही समयदेखि स्थगित भएको गण्डकी बहु(प्राविधिक शिक्षालयअन्तर्गत एच।ए। .हेल्थ असिस्टेन्ट० र फार्मेसी कक्षा पुनः सुचारु हुने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सक्रिय पहलपछि यसअघि देखिएको अन्योल अन्त्य भई अध्ययन कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो।
सीटीईभीटी ९ऋत्भ्ख्त्० भित्र देखिएको प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइका कारण कक्षा स्थगित भएको थियो। तर, मेयर आचार्यले सम्बन्धित मन्त्रालय, सचिवालय र सीटीईभीटीसँग निरन्तर समन्वय गर्दै विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न पहल गरेपछि पुनः भर्ना प्रक्रिया खोलिने भएको हो।
शिक्षा मन्त्री रधुजी पन्त, शिक्षा सचिव चुडामणी पौडेलसहित शिक्षा मन्त्रालय र सीटीईभीटीको टिमले समस्या समाधानतर्फ सहयोग गरेकामा मेयर आचार्यले विशेष धन्यवाद व्यक्त गरेका छन्। उहाँले स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
पोखरा महानगरपालिकाद्वारा स्थापना गरिएको गण्डकी बहु(प्राविधिक शिक्षालयले स्थानीय तहमा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्दै आएको छ। एच।ए। र फार्मेसी कार्यक्रम पुनः सञ्चालनमा आउनु क्षेत्रीय स्वास्थ्य शिक्षा र जनशक्ति विकासको दृष्टिले महत्वपूर्ण उपलब्धि ठहरिने अपेक्षा गरिएको छ।



