समाज

एवन ग्रेटर ट्याक्सीको ट्राफिक सचेतना मुलक कार्यक्रम

एवन ग्रेटर ट्याक्सी पोखराले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान , क्यालेन्डर विमोचन तथा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख शोभा पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै ट्राफिक नियम पालना गर्न सबैमा आग्रह गर्नु भयो। कार्यक्रममा प्रशिक्षक प्रहरी नायब निरिक्षक प्रविण भट्टराई , ४ वटा मजदुर संघ र संगठनका अध्यक्ष एवं प्रतिनिधि विभिन्न विज्ञापनदाता हरु , व्यवसायी , स्वरोजगार चालक , चालक , कम्पनीको कार्यसमिति , कर्मचारी लगायतको सहभागिता… पुरा पढौ

केपी ओली कप टी २० ः समूह चरण सकियो, अत्तरिया सेमीफाइनलमा

पोखरा – ३ बैशाख, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन… पुरा पढौ

बेलायती राजकुमार चाल्र्स बास बसेको डिठ्ठा गाउँमा होमस्टे, बसाइँ सरेकालाई गाउँ फर्काउन होमस्टे

३ बैशाख, पोखरा, कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँर्मा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो । होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्याटन गरे । पोखराको पृथ्वीचोक, बिजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्र्सले… पुरा पढौ

४ करोडको कारोवार गर्दै सम्पन्न भयो आलु महोत्सव

पोखरा, ३ वैशाख ४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ । महोत्सवको… पुरा पढौ

नेपालमै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन बरिष्ठ स्त्रीरोग तथा निसन्तान बिशेषज्ञ डा.नूतन शर्मा वैशाख १३ गते पोखरामा आउने

पोखरा ३, वैशाख, नेपालमै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन बरिष्ठ स्त्रीरोग तथा निसन्तान बिशेषज्ञ डा.नूतन शर्मा यही वैशाख १३ गते पोखरामा आउनु हुने भएको छ । पोखरा ५ जिरोकिलोमिटरमा रहेको रिजनल हस्पिटल प्रा.लि.मा वैशाख १३ गते शनिबार डा. शर्मा आउनु हुने भएको हस्पिटलले जनाएको छ । बाँझोपन सम्बन्धि, ल्याप्रोस्कोपि सर्जरी, आई.भि.एफ. सम्बन्धि, बारम्बार गर्भपात समस्या भएकाहरुको लागि उपचार तथा परामर्श हुने भएको छ । रिजनल हस्पिटलसंग सहकार्य गरी पोखरा र पोखरा आसपासका सेवाग्राहीलाई पोखरामै सेवा दिने उद्धेश्यले वैशाखाको दोश्रो शनिबार… पुरा पढौ

पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

बैशाख ३,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन… पुरा पढौ

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि अनि यज्ञ कुण्ड खनियो

पोखरा महानगरपालिका वार्ड नं। १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ । त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री… पुरा पढौ

कास्कीको रुपामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

जया पौडल, पोखरा २, वैशाख, कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनु भयो । यस अघि स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन पोखरासम्म आउनु पर्ने बाध्यता भए पनि उक्त अस्पतालमा बिमा सेवा सुरु भएसंगै स्थानियलाई राहत हुने भएको उहाँले जनाउनु भयो । अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो… पुरा पढौ

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गर्ने

पोखरा १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् । बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।… पुरा पढौ

केपी ओली कप क्रिकेट ः अत्तरिया र मालपोखरी विजयी

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औं दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १४० रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो । ओपनर अभिशेषक पललाई शुन्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन… पुरा पढौ