समाज

कास्कीकोटमा सामाजिक सञ्जाल सदुपयोग सम्बन्धी तालिम

पोखरा, पुस ५, हाम्रो कास्कीकोट युवा सञ्जाल पोखरा–२४ को आयोजनामा सामाजिक सञ्जालको सदुपयोग सम्बन्धी एक दिने तालिम शनिबार कास्कीकोटमा सम्पन्न भएको छ। “बदलिँदै छ समाज, बदलिँदै छ हाम्रो सोच — सुन्दर, सभ्य र समृद्ध कास्कीकोट” भन्ने नारासहित एक दशकअघि स्थापित सञ्जालले पोखरीचौरस्थित नेपाली चुलो एण्ड होमस्टेको सभाहलमा तालिम आयोजना गरेको हो। तालिमको उद्घाटन वडा सदस्यद्वय सरस्वती त्रिपाठी र मैयाँ नेपालीले संयुक्त रूपमा गर्नुभएको थियो। सञ्जालका व्यवस्थापन संयोजक आविष्कार बस्ताकोटीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कार्यसमिति सदस्य सूर्यबहादुर परियारले सहभागी तथा अतिथिहरूलाई… पुरा पढौ

पोखरामा ९ सय साइक्लिष्टहरु टुर दी पोखरामा सहभागि

दीननाथ बराल, पोखरा ५, पुस, पर्यटकीय नगरी पोखरामा करिब ९ सय साईक्लिष्टहरु ‘टुर दी पोखरा’ साइकल ¥यालीमा सहभागि हुनु भएको छ । साइकल सिटि पोखराको आयोजनामा पोखरा देखि कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित गण्डकी रेन्वो ट्राउट हुदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब ९ सय भन्दा बढी साईक्लिष्टहरु टुर दी पोखराको अभियानमा सहभागि हुनु भएको आयोजक संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । उक्त अभियानमा करिब ५० जना महिला साईक्लिस्ट सहभागि हुनु भएको उहाँले जनाउनु… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कप २०८२मा जनप्रकाश र डायमण्ड फाइनलमा

पोखरा, पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो खेलमा हिमालयनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको होभने दोश्रो खेलमा डायमण्डले प्रतिभालाई हराउदै फाइनलमा प्रवेश गरेको हो । शनिवार सम्पन्न जनप्रकाश र हिमालयन बिचको पहिलो सेमिफाइनलमा जनप्रकाशले टस जितेर फिल्डिङ रोज्दा हिमालयनले २० ओभर खेल्दै १० विकेटमा ९४ रन बनाउन सफल भयो । हिमालयनका आयुष पनेरुले २४ बलमा… पुरा पढौ

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो, ४० हजार दर्शक भित्रिदा डेढ करोडको कारोवार

लेखनाथ, ५ पुस, महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ । शनिवार विदाको दिन परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी… पुरा पढौ

शिवालय र नदीपुरमा शिविर

पोखरा, ५ पुस, गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो । शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा… पुरा पढौ

लायन्स क्लब अफ पोखरा सेतिगंगाको सहारामा जाडोमा न्यानो साथ कार्यक्रम

पोखरा, लायन्स क्लब अफ पोखरा सेतिगंगाले पोखरा ९ वसपार्कको सहारा बाल आधारभूत विद्यालयका ३४ जना विद्यार्थीहरुलाई जाडोमा न्यानो साथ कार्यक्रम अन्तरगत जुत्ता र मोजा प्रदान गरेको छ । एक कार्यक्रमका विच क्लबका एक पदाधिकारी की छोरी सरिष्मा शेरचनको जन्मदिनको पावन अवसरमा विद्यार्थीहरुलाई प्रदान गर्दा निकै खुशी भएको क्लबका अध्यक्ष सरस्वती गरुङले बताईन् । देशकै सुगम स्थान पोखरामा पनि अति कठिन परिवारका वालबालिकाहरु अध्ययन गर्ने गरेको र विद्यार्थीको अवस्था देख्दा भावुक भएको क्लबका उपाध्यक्ष सृजना हिराचनले बताइन् । साथै आगमी दिनमा… पुरा पढौ

कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ स्थापना दिवसमा सम्मान, पुरस्कार र सहयोग हस्तान्तरण

पोखरा ५, पुस, पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शनिबार बिद्यालयको ३९ औं वार्षिकोत्सवमा विविध प्रतियोगिताका साथमा विभिन्न कार्यक्रम सहित १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण, विद्यालयलाई सहयोग लगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर ३९… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको उपाधि पोखरेललाई, टिम तर्फ साविक विजेता प्रज्वल र दिप्सनको जोडीलाई उपाधि

दीननाथ बराल पोखरा, ५, पुष, पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जित्नु भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गर्नु भयो । त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्वमान गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो हुनु भयो भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो हुनु भयो । दोश्रो हुनेले… पुरा पढौ

‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया(भिडियो सहित)

पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए । https://www.youtube.com/watch?v=NWVh05Yow-A पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासंघसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महासंघअन्तर्गत गण्डकीका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको दुईदिने भेला अवसरमा शनिबार पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, रेष्टुरेन्ट एण्ड… पुरा पढौ

दोभान कपको उपाधि रामघाटलाई

पोखरा, राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसंगै रामघाटले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता… पुरा पढौ

This will close in 20 seconds