समाज

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न,उत्तर प्रदेश–गण्डकी पर्यटन सहकार्य विस्तारमा जोड

दीननाथ बराल, पोखरा, ४ पुष, नेपाल र भारतबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्को सहकार्यमा बिहीबार साँझ सम्पन्न उक्त कार्यक्रममा भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेश बीच पर्यटन साझेदारी विस्तारमा विशेष जोड दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य सकारात्मक संकेत… पुरा पढौ

अशं माग्दै आएका आशिष परियारले आफ्नै हजुर आमाको हत्या गरी सुनका गर गहना लुटे, हतियार सहित पक्राउ

दीननाथ बराल, पोखरा, ४ पुस, पोखरा ३१ का आशिष परियारले आफ्नै हजुर आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानी निवासी ७५ वर्षीया दालकुमारी परियार (हजुर आमा) लाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २२ बर्षीय आशिषलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । विहिबार करिब १२ः२० मा हजुर आमालाई धारिलो हतियार प्रहार गरी मृतकको कान काटी कानमा लगाएको सुनको गरगहना लुटेर अभियुक्त फरार भएकोले उनलाई हिजै(विहिबार) पोखराको अम्मरसिंहचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजक सहित उपसमिति गठन

पोखरा, ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको हो । टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय… पुरा पढौ

पोखरामा रिसाइकलिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी विस्तार

पोखरा, ४ पुस, पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो । यसका लागि पोखरामा १३६ भन्दा… पुरा पढौ

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रस सर्कलद्वारा शिव शक्ति कल्याणी बाल आश्रममा सहयोग

पोखरा–१६, लामाचौरमा अवस्थित अल्फा बोर्डिङ स्कुलमा गठित युवा रेडक्रस सर्कलको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति कल्याणी बाल आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा मानवता, सेवाभाव र सामाजिक सचेतना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आश्रममा आश्रित बालबालिकालाई कापी, कलम, पुस्तकजस्ता आवश्यक शैक्षिक सामग्री तथा चामल, दाल, तेललगायत खाद्यान्न सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा अल्फा बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका, युवा रेडक्रस सर्कलका सदस्य विद्यार्थीहरू तथा आश्रम व्यवस्थापन समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रशासक… पुरा पढौ

१८ औं हिसान स्पोर्ट्स मिट सुरु, वर्ल्ड पावर लिफ्टिङमा च्याम्पियन शाहलाई पोखरामा नगद सहित सम्मान

पोखरा, पौष ४, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार देखि १८औँ हिसान स्पोटर््स मिट सुरु भएको छ । यही पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त कार्यक्रमको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका हुन् । कार्यक्रममा बोल्दै कुलपति तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए । उनले विकासक्रमसँगै विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा खेलकुद बनेको उल्लेख गर्दै… पुरा पढौ

कुमुदिनी होम्सको वार्षिकोत्सबको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

४,पुष, पोखरा पोखरा महानगरपालिका वडा नं। ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सबको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका हेम्जामा अवस्थित मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा विद्यालय संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी तथा शिक्षकहरू मन बहादुर भुजेल,सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सामाग्री… पुरा पढौ

लेखनाथ महोत्सव सुरु, उद्घाटन र्यालीमा सहभागि महिलाहरु घण्टौँ लाइनमा बस्न बाध्य(भिडियो सहित)

दीननाथ बराल,पोखरा, ३ पौष, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विहिबार देखि पोखरा २७ को डाँडाकोनाक (तालचोक) मा २१ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही पुष १४ गतेसम्म संचालन हुने उक्त महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । https://www.youtube.com/watch?v=RItvrre7lvE कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पर्यटनलाई प्रदेश विकासको पहिलो आधारका रूपमा अघि बढाइएको बताउँदै यस्ता मेला–महोत्सवले पोखरा र गण्डकी प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त… पुरा पढौ

पोखरामा फागुन ३ गते ‘धन बहादुर गुरुङ सांगीतिक साँझ’ हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३, पुष, नेपाली गीत–संगीत क्षेत्रमा गायक, संगीतकार तथा संगीत संयोजकका रूपमा उल्लेखनीय योगदान पु¥याएका कलाकार धन बहादुर गुरुङको सम्मानमा आगामी फागुन ३ गते पोखरामा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना गरिने संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=cxCVou9b3PA कार्यक्रम मार्फत तमु कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य लिइएको संघ गण्डकीका अध्यक्ष… पुरा पढौ

This will close in 20 seconds