समाज

कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अधिवेशन सम्पन्न, अध्यक्षमा दिनेश बराल चयन

पोखरा, साउन १०, पोखरा २२ को कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा तथा अन्य अतिथिहरूमा संस्थापक अध्यक्ष राजु क्षेत्री, पूर्व अध्यक्ष तथा सल्लाहकार भिमबहादुर सुनार, टोल अन्तर्गतका विभिन्न क्लब, आमा समूह, सहकारी संस्था, वडा युवा परिषद, विद्यालय व्यवस्थापन समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको… पुरा पढौ

इक्यान कास्कीद्वारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम, नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तव्य

पोखरा, १० साउन, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले दुबई अध्ययन सम्बन्धी जानकारी मूलक शैक्षिक परामर्श तालिम पोखरामा सम्पन्न गरेको छ। इक्यान कास्कीले आफ्ना सदस्य तथा काउन्सिलरहरूलाई लक्षित गरी दुबईमा अध्ययनको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले श्रमिकका रूपमा मात्र होइन, विद्यार्थीका रूपमा पनि दुबई नेपाली युवाहरूका लागि अब एक महत्वपूर्ण शैक्षिक गन्तव्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले दुबईले विश्वका उत्कृष्ट विश्वविद्यालयलाई स्वागत गरिरहेको… पुरा पढौ

गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा, गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षको उमेरमा उहाँको आज बिहान ८ बजे चितवनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। कांग्रेसका नेता समेत रहनु भएका गुरुङ विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा अन्ततः आज उहाँले प्राण त्याग गर्नुभएको हो। पृथ्वीमान गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। त्यसअघि नेपाली कांग्रेस चितवनका सभापति समेत रहनुभएको उहाँ नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसबाट जिल्ला… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालको सहकार्य

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले पनि सहकार्य गरेको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोग सहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो ।पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौतामा… पुरा पढौ

२२ औँ ‘पल्सर स्पोर्ट्स अवार्ड’ भदौ २९ गते पोखरामा हुने, पाँच वर्षका लागि प्रायोजन सम्झौता

काठमाडौं, साउन ९, नेपाली खेलकुदको प्रतिष्ठित सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यस वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। यो अवार्ड पहिलो पटक काठमाडौं बाहिरको शहर पोखरामा आयोजना हुन लागेको हो। कार्यक्रमको आयोजनाका लागि शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच पाँच वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो। गोल्छा ग्रुपले अवार्डको लागि नगद तथा जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको सहयोग… पुरा पढौ

३० करोडको लागतमा धम्पुस–खानीगाउँ सडक स्तरोन्नति सुरू, ग्रामीण पर्यटन र अर्थतन्त्रमा नयाँ उचाइको अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ साउन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्ने घट्टेखोला–देउराली–धम्पुस–खानीगाउँ सडकको स्तरोन्नतिको काम औपचारिक रूपमा सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारले ग्रामीण सम्पर्क सुधार परियोजना (आर.सी.आई पि.)अन्तर्गत दुई वर्षभित्र १३ किलोमिटर लामो उक्त सडक ३० करोड १८ लाख ९४ हजार रुपैयाँको लागतमा पिच गर्ने योजना अघि सारेको हो। आयोजनाका प्रमुख लक्ष्मिप्रसाद भण्डारीका अनुसार हाल ढुंगा निकाल्ने र साइड क्लियर गर्ने काम जारी छ। https://www.youtube.com/watch?v=HTqPwfPFm3o शिलान्यास समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले निर्माण कार्यमा कुनै ढिलाइ नगरी… पुरा पढौ

अदालतबाट मुद्दा टुंगो लाग्न ढिलाई हुँदा सहकारीका बचतकर्ता र ऋणी दुवै मर्कामा, गण्डकीको अध्यक्षमा पौडेल चयन

दीननाथ बराल, पोखरा ८, साउन, प्रदेश स्तरीय परामर्श कार्यक्रममा सहकारी समस्या समाधानका लागी कानुन कार्यान्वयनमा मुख्य समस्या रहेको वक्ताहरुले जोड दिनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले विहिबार पोखरामा आयोजना गरेको सहकारी क्षेत्रका समस्या माथी छलफल गर्दै कार्यक्रममा सहभागिहरुले कानुनको कार्यान्वयनमै मुख्य समस्या रहेको दाबी गर्नु भएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता ज्योती बानियाँले सहकारी क्षेत्रमा देखिएका समस्या उपभोक्तामै असर पर्ने भएकाले तत्काल सुधार गर्न सmुभाव दिनुभयो । मञ्चले कानुन निर्माण देखि कार्यान्वयनसम्म बहस, पैरवी… पुरा पढौ

एन्फा टेक्निकल सेन्टर कास्कीको भेडाबारीमा बनाउन अध्यक्ष प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ६ स्थित धितालको भेडाबारीमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माण गर्न जोड दिनुभयो । आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, गाउँपालिका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गर्दा उक्त कुरामा जोड दिनु भएको हो । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन… पुरा पढौ

विमानस्थल संचालनका लागि होटल संघ द्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

काठमाडौं, ८ साउन, पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ… पुरा पढौ